गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने | Khabarhub Khabarhub

गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले प्रदेशसभाको उक्त बैठकमा सहभागी नहुने जनाएको छ ।

कांग्रेस संसदीय दल, गण्डकी प्रदेशले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा असंवैधानिक तवरबाट बहुमत प्राप्त गरेको घोषणा प्रक्रियाविरुद्ध कांग्रेस संसदीय दलले सर्वोच्च अदालतमा दायर गरेको रिटको अन्तिम सुनुवाइ नहुँदासम्म गण्डकी प्रदेशसभाको बैठक एवं प्रदेश सरकारका काममा पार्टीको सहभागिता नहुने जनाएको छ ।

अदालतको आदेश विपरित कार्य गरे गराइएमा कांग्रेस संसदीय दललाई मान्य नहुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सायम प्रदेश सरकार र आदेश उल्लङ्घन गर्ने पक्ष नै हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ५ : ३३ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर