बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा फोटो प्रदर्शनी र सांस्कृतिक साँझ « Khabarhub

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा फोटो प्रदर्शनी र सांस्कृतिक साँझ


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- बुद्ध जयन्तीको अवसरमा भारतीय दूतावास र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा लुम्बिनीमा फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझ आयोजना गरिएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भए ।

बुधबार नै लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘बुद्ध धर्म र वैश्विक शान्ति’ विषयक विचार गोष्ठी गरियो ।

भारत र नेपालका विशिष्ट बौद्ध विद्वानले उक्त गोष्ठीमा सहभागिता जनाए । उनीहरूले आधुनिक जगतमा भगवान् बुद्धका शिक्षाको सान्दर्भिकताबारे विचार र अन्तर्दृष्टि सुनाए । उनीहरूले भारत र नेपालबीचको अद्वितीय र समृद्ध बौद्ध सम्बन्धबारे प्रकाश पारे ।

लुम्बिनीमा बुद्ध जयन्ती मनाउने क्रममा यस विशेष कार्यक्रमको मुख्य आकर्षण लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित राजकुमार सिद्धार्थ प्रतिमा, पवित्र उद्यान नजिकै आयोजित चित्रकला प्रदर्शनी र साँस्कृतिक साँझ थियो ।

‘भगवान् बुद्ध र उनका शिक्षाहरु’ सम्बन्धी चित्रकला प्रदर्शनीको उद्घाटन नेपालका सम्माननीय प्रधानमन्त्रीले गरे । जसमा काठमाडौं र लुम्बिनीका विद्यालयका विद्यार्थीहरूले तयार पारेका उत्कृष्ट चित्रहरु राखिएका थिए।

वैशाख बुद्ध पूर्णिमाको पूर्वसन्ध्यामा आयोजित सांस्कृतिक साँझमा भारत र नेपालका साझा बौद्ध सम्पदा र परम्परा झल्काउने जीवन्त प्रस्तुतिहरु समावेश थिए।

हिनयान र महायान परम्पराका परम्परागत जपको बौद्ध भिक्षुहरुले पाठ गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो जसको आयोजना लुम्बिनी विकास कोषले गरेको थियो।

भारतकी कविता द्विवेदी र उनको नृत्य टोलीद्वारा ‘श्वेत मुक्ति–द फेमिनिन ग्लोरी अफ निर्वाण’ शीर्षकमा नृत्य, प्रसिद्ध भारतीय गायिका डा. सुभद्रा देसाईद्वारा भजन र धम्म गीतहरू प्रस्तुति र सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रख्यात नेपाली साङ्गीतिक समूह ‘सुर सुधा’ द्वारा बौद्ध गीतहरुको भावपूर्ण साङ्गीतिक संग्रहको प्रस्तुति भएको थियो ।

कार्यक्रममा राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको साझा बौद्ध विरासत र सम्पदा एक कडीको रुपमा रहेको बताए । जसले दुवै देशका जनतालाई शताब्दीयौंदेखि जोडेको उनले बताए।

राजदूत श्रीवास्तवले सम्माननीय प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भारतको सिक्किमको विस्तृत रुपले चित्रण गरिएको थाङ्का चित्र उपहारस्वरुप प्रदान गरे ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ५ : ५३ बजे

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम