बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा फोटो प्रदर्शनी र सांस्कृतिक साँझ | Khabarhub Khabarhub

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा फोटो प्रदर्शनी र सांस्कृतिक साँझ


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- बुद्ध जयन्तीको अवसरमा भारतीय दूतावास र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा लुम्बिनीमा फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझ आयोजना गरिएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भए ।

बुधबार नै लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘बुद्ध धर्म र वैश्विक शान्ति’ विषयक विचार गोष्ठी गरियो ।

भारत र नेपालका विशिष्ट बौद्ध विद्वानले उक्त गोष्ठीमा सहभागिता जनाए । उनीहरूले आधुनिक जगतमा भगवान् बुद्धका शिक्षाको सान्दर्भिकताबारे विचार र अन्तर्दृष्टि सुनाए । उनीहरूले भारत र नेपालबीचको अद्वितीय र समृद्ध बौद्ध सम्बन्धबारे प्रकाश पारे ।

लुम्बिनीमा बुद्ध जयन्ती मनाउने क्रममा यस विशेष कार्यक्रमको मुख्य आकर्षण लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित राजकुमार सिद्धार्थ प्रतिमा, पवित्र उद्यान नजिकै आयोजित चित्रकला प्रदर्शनी र साँस्कृतिक साँझ थियो ।

‘भगवान् बुद्ध र उनका शिक्षाहरु’ सम्बन्धी चित्रकला प्रदर्शनीको उद्घाटन नेपालका सम्माननीय प्रधानमन्त्रीले गरे । जसमा काठमाडौं र लुम्बिनीका विद्यालयका विद्यार्थीहरूले तयार पारेका उत्कृष्ट चित्रहरु राखिएका थिए।

वैशाख बुद्ध पूर्णिमाको पूर्वसन्ध्यामा आयोजित सांस्कृतिक साँझमा भारत र नेपालका साझा बौद्ध सम्पदा र परम्परा झल्काउने जीवन्त प्रस्तुतिहरु समावेश थिए।

हिनयान र महायान परम्पराका परम्परागत जपको बौद्ध भिक्षुहरुले पाठ गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो जसको आयोजना लुम्बिनी विकास कोषले गरेको थियो।

भारतकी कविता द्विवेदी र उनको नृत्य टोलीद्वारा ‘श्वेत मुक्ति–द फेमिनिन ग्लोरी अफ निर्वाण’ शीर्षकमा नृत्य, प्रसिद्ध भारतीय गायिका डा. सुभद्रा देसाईद्वारा भजन र धम्म गीतहरू प्रस्तुति र सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रख्यात नेपाली साङ्गीतिक समूह ‘सुर सुधा’ द्वारा बौद्ध गीतहरुको भावपूर्ण साङ्गीतिक संग्रहको प्रस्तुति भएको थियो ।

कार्यक्रममा राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको साझा बौद्ध विरासत र सम्पदा एक कडीको रुपमा रहेको बताए । जसले दुवै देशका जनतालाई शताब्दीयौंदेखि जोडेको उनले बताए।

राजदूत श्रीवास्तवले सम्माननीय प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भारतको सिक्किमको विस्तृत रुपले चित्रण गरिएको थाङ्का चित्र उपहारस्वरुप प्रदान गरे ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ५ : ५३ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका