दुर्गा प्रसाईंकी सासूका नाममा गएको गिरीबन्धुको १९ बिघा के हुन्छ ? « Khabarhub

दुर्गा प्रसाईंकी सासूका नाममा गएको गिरीबन्धुको १९ बिघा के हुन्छ ?

७० बिघा कमिसन खाएर बेच्न दिएको केपी ओलीको दाबी


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ २ गते संसदीय दलको बैठकमा गिरीबन्धु टि स्टेटको विषयमा टिप्पणी गरे । मुलतः नेपाली कांग्रेसले गिरीबन्धुको जग्गा प्रकरणबारे कुरा उठाउन थालेकोमा ओलीले आपत्ति जनाएका थिए ।

गिरीबन्धुको प्रशंगमा ओलीले ७० बिघा जग्गाको प्रशंग उप्काए, जसमध्ये दूर्गाप्रसाईकी सासूका नाममा गएको १९ बिघा जग्गा पनि पर्छ ।

एमाले अध्यक्ष ओलीले बैठकमा भनेका थिए, यो नेपाली कांग्रेसले जसरी घरीघरी उठाउने कुरा गरेको छ, म भन्न चाहन्छु ५१ बिघा र १९ बिघा गरेर ७० बिघा जमीन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएर बेच्न दिएको कुरा यसमा छानविन हुनुपर्छ ।’

ओलीले आक्रोशित हुँदै बैठकमा भने, ‘अब नेपाली कांग्रेसले बकबास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन । नेपाली कांग्रेसले गरेका बदमासीहरुका सन्दर्भमा हामी कुरा उठाउँछौं । हामीले सुनिरहनुपर्ने, कांग्रेस कराइरहनुपर्ने हुन्छ ? पार्लियामेन्ट भनेको त्यही हो ? यो चल्दैन । चाहिने कुरा गरे हुन्छ नि त । यतै टोक्या छ, उतै भुक्या छ, के तरिका हो यो ?’

केपी ओलीले इंगित गरेको गिरीबन्धुको ५१ बिघा जग्गा प्रालिबाट सुदर्शन गिरीका नाममा हस्तान्तरण गर्ने निर्णय मन्त्रीपरिषदले स्वीकृति दिँदा २०५२ सालमा नेकपा एमालेकै सरकार थियो । राधाकृष्ण मैनाली भूमिसुधार मन्त्री थिए भने केपी शर्मा ओली गृहमन्त्री थिए ।

क्याबिनेटबाट स्वीकृति लिएर गिरीबन्धुबाट नाज टि स्टेट प्रालिमा सारिएको उक्त ५१ विघा जग्गा विक्री गर्न दिने मन्त्रिपरिषदबाट निर्णय हुँदा सूर्यबहादुर थापा प्रधानमन्त्री र सर्वेन्द्रनाथ शुक्ल भूमिसुधार मन्त्री थिए ।
उक्त ५१ बिघा जमिनमा रहेको चियाबगानमा कसरी शहर निर्माण भयो ? खबरहबको यो स्टोरी पढौं–

फैसला विश्लेषण :  गिरीबन्धुको ५१ बिघामा ‘च्याप्टर क्लोज’

अब बाँकी रह्यो, ओलीले भनेको १९ बिघा जग्गाको ।

यो १० बिघा जग्गाचाहिँ मेडिकल व्यवसायी दुर्गा प्रसाईको ससुरालीसँग जोडिएको छ । प्रसाईले खोलेको बिर्तामोडको बीएण्डसी अस्पताल सोही जग्गामा रहेको छ । केपी ओलीले ५१ बिघा र १९ बिघा दुबै जमीन कमिसन खाएर बेच्न दिइएको दाबी गरेका छन् ।

तथ्यले के भन्छ ?

गिरीबन्धु टि स्टेटका सञ्चालक मध्ये भगवान गिरीसँग बहुपत्नी थिए । तीमध्ये चन्द्रमाया गिरी एक हुन् । अहिले भगवान् र चन्द्रमाया दुबैको निधन भइसकेको छ ।

चन्द्रमायातर्फ एक छोरा र दुई छोरी थिए । उनी छोराछोरीका साथमा बेग्लै घरमा बसेकी थिइन् । छोराछोरी हुर्केपछि उनले अंश माग्दा पनि पाएकी थिइनन् । यत्तिकैमा दुर्गा प्रसाई बिहेबारी सम्बन्धका कारण चन्द्रमायाका ज्वाइँ बन्न पुगे ।

हक्की स्वाभावका प्रसाईले भगवान गिरीसँग संघर्ष गरेर सासूआमालाई अंश दिलाई छाडे । अहिले गिरीबन्धुबाट अंश लिएको सोही जग्गामा दूर्गा प्रसाईले बीएण्डसी मेडिकल कलेज खोलेका छन् । भगवान र चन्द्रमाया दुबैको नाम जोडेर बीएण्डसी राखिएको हो । अस्पताल सञ्चालनमा चन्द्रमायाका छोराछोरीसमेत सक्रिय छन् ।

अड्डा अदालतको कागजात हेर्दा २०३३ साल चैत १२ गते गिरीबन्धु टि स्टेट प्रालिको १९ बिघा ९ कठ्ठा १० धुर जग्गा चन्द्रमाया गिरीका नाममा हस्तान्तरण भएको देखिन्छ ।

चन्द्रमायालाई साढे १९ बिघा हस्तान्तरण गरेपछि त्यति नै परिणामको जग्गा भगवान गिरीले बगानमा थप गरी सट्टापट्टा गरि लिएको बगान सञ्चालकहरुको दाबी छ ।

गिरीबन्धु टि स्टेटबाट हस्तान्तरण गरिएको भनिएको साढे १९ विघा नै जमीन चन्द्रमायाले पाइन् या पाइनन्, त्यो स्वयं परिवारका सदस्यलाई थाहा होला । तर, गिरीबन्धुबाट प्राप्त सोही जग्गा प्लटिङ गरी बेचेर दुर्गा प्रसाई धनी भएको उनलाई नजिकबाट जान्नेहरु बताउँछन् ।

तर, सर्वोच्च अदालतले ०६० सालपछि बिक्री गरिएको ५१ बिघा जग्गासमेत जफत गर्न नभनेको अवस्थामा प्रसाईकी सासूले अंशवापत २०३३ सालमै पाएको जग्गा अब सरकारले जफत गर्न मिल्छ कि मिल्दैन ? यो प्रश्न अनुत्तरित नै छ ।
तर, एमाले अध्यक्ष ओलीले स्पष्टसँग भनेका छन्, ‘म भन्न चाहन्छु ५१ बिघा र १९ बिघा गरेर ७० बिघा जमीन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएर बेच्न दिएको कुरा यसमा छानविन हुनुपर्छ ।’

अब सरकारले केपी ओलीले माग गरेजस्तै ०३३ साल र ०५२ मा भएको ७० बिघा जग्गाको किनबेच र हक हस्तान्तरणबारे छानबिन गर्ला त ? ओलीले आफैं गृहमन्त्री भएका बेला क्याबिनेटले गरेको निर्णयमाथि छानविन गराउलान् ? अहिले सरकारमा ओलीकै बर्चश्व छ । र, ओलीले किटेरै भनेका छन्– ‘५१ बिघा र १९ बिघा गरेर ७० बिघा जमीन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएर बेच्न दिएको कुरा यसमा छानविन हुनुपर्छ ।’

त्यसो त झापामा गिरीबन्धु टि स्टेटले मात्र होइन, अन्य चिया बगानले पनि जग्गा सट्टाभर्ना र स्थानान्तरण गर्दै आएको पाइएको छ । सतीघट्टा टि स्टेट, मित्तल टि स्टेट लगायतका अन्य चिया बगानको जग्गासमेत सट्टापट्टा र हस्तान्तरण भएको गिरीबन्धुको दाबी छ ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ८ : ५१ बजे

प्रदेशको सत्ताका लागि एमालेमा किचलो : शेरधन, हिक्मत र घनश्यामलाई गुन्डुले बोलायो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकारलाई

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी