सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः ओली « Khabarhub

सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः ओली


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकतामाथि प्रश्न उठेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको घटनाले प्रेस स्वतन्त्रता हनन् नहुने बताएका छन् ।

एमाले मोरङ जिल्ला कमिटीले विराटनगर– ११ स्थित पाञ्चालिमा रहेको भवन परिसरमा निर्माण गरिएको नेताद्वय स्व पुष्पलाल श्रेष्ठ, मदनकुमार भण्डारी र मनमोहन अधिकारीको अर्धकदको शालिक अनावरणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नागरिकता छानबिनको विषय प्रेस स्वतन्त्रतासँग सम्बन्धित नरहेको स्पष्ट पारे ।

“नागरिकता छानबिनबाट मुलुकमा अधिनायकवाद र निरङ्कुशता कायम हुने भन्ने कुरा जनतामा भ्रम सिर्जना गर्ने कार्यमात्र भएको हो । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कसैको रिसइबिले होइन नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका हुन, यसलाई गलत रुपमा प्रस्तुत गर्नु हुँदैन”, अध्यक्ष ओलीले भने ।

उनले नेपाली कांग्रेसले सहकारीको मुद्दामा भोलिदेखि सडकमा आन्दोलन गर्नु जरुरी नभएको धारणा राखे ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  १० : ३३ बजे

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा