पोर्चुगल युरोकपको अन्तिम १६ मा | Khabarhub Khabarhub

पोर्चुगल युरोकपको अन्तिम १६ मा


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘एफ’ को खेलमा टर्कीलाई ३–० गोलले हराउँदै पोर्चुगल अन्तिम १६ मा पुगेको हो ।

पोर्चुगलका लागि  बर्नार्डो सिल्भा र  ब्रुनो फर्नान्डेजले एक–एक गोल गरेका थिए भने एक गोल टर्कीबाट आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो ।

खेलको २१औँ मिनेटमा सिल्भाले पोर्चुगलका लागि सुरुवाती गोल गरेका थिए । त्यसपछि २८औँ मिनेटमा टर्कीका डिफेन्डर समेट अकायदिनले आत्मघाती गोल गरेपछि पोर्चुगल २–० गोलले अगाडि बढ्यो ।

यस्तै, ५५औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई ३–० गोलको सानदार जित दिलाए ।

यो जितसँगै पोर्चुगल दुई खेलबाट ६ अंकसहित समूहको शीर्षस्थानमा रहेको छ । पराजित भएको टर्की ३ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, चेक रिपब्लिक र जर्जिया १–१ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

अब समूह चरणको अन्तिम खेलमा पोर्चुगल र जर्जिया तथा टर्की र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ ।

यो पनि…
युरोकप २०२४ : जर्जिया र चेक गणतन्त्रको बराबरी

 

 

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ६ : २७ बजे

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा