समाज लघुवित्तको साधारणसभा असार ३० गते | Khabarhub Khabarhub

समाज लघुवित्तको साधारणसभा असार ३० गते


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ साधारणसभा असार ३० गने हुने भएको छ ।

शनिबार बसेको सञ्चालक समितिको ११४औँ बैठकको निर्णयानुसार जानकी फेमिली होटल एण्ड पार्टी प्यालेस, मलङ्गवा, सर्लाहीमा साधारणसभा गर्ने हुने भएको हो ।

कम्पनीका सचिव किशोरी महतोका अनुसार साधारणसभाको विशेष प्रस्तावको रुपमा सञ्चालक समितिको निर्वाचन र मर्जरमा जाने प्रस्ताव रहेको छ ।

सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नका लागी दुईजना सर्वसाधारण (समूह ख) सञ्चालकहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव रहेको छ ।

त्यस्तै, अर्को लघुवित्तसँग मर्जरमा जाने प्रस्ताव पारित गर्ने र त्यसको लागि आवश्यक पर्ने सम्पूर्ण कामको जिम्मेवारी दिने सञ्चालक समितिलाई अख्तियारी दिनसमेत साधारणसभाको विशेष प्रस्ताव रहेको सचिव महतोले जानकारी दिइन् ।

कम्पनीको साधारण प्रस्तावमा अध्यक्षले प्रस्तुत गर्ने  आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी निर्णय पारित गर्ने, लेखा परीक्षण प्रतिवेदनसहित २०८० असाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९–०८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण, सोही अवधिको वित्तीय विवरण तथा अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ति र उसको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

साधारणसभाका लागि असार २० गते बुक क्लोज हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १२ : ५७ बजे

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ

काभ्रे– जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी

विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौं– प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको

फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र