मुख्यसचिवविरुद्ध मुद्दा लिए अख्तियारको टोली विशेषमा, फाइल रुजुपछि दर्ता हुँदै « Khabarhub

मुख्यसचिवविरुद्ध मुद्दा लिए अख्तियारको टोली विशेषमा, फाइल रुजुपछि दर्ता हुँदै


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा लिएर आइतबार विशेष अदालत पुगेको छ ।

मुख्य सचिव अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दा फाइल अहिले विशेष अदालतका कर्मचारीले रुजु गरिरहेका छन् । रुजु सकिएलगत्तै मुद्दा दर्ता हुनेछ ।

अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो ।

आरोपपत्र रूजु भइसकेपछि मुद्दा दर्ता हुनेछ । नेपालमा बहालवाला मुख्यसचिवविरूद्ध पहिलो पटक भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो ।

 

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ३ : ०५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का