अन्त:शुल्क स्टिकर खरिद प्रकरण : मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर | Khabarhub Khabarhub

अन्त:शुल्क स्टिकर खरिद प्रकरण : मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्त:शुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा चलाइएको नेपालको निजामती कर्मचारीको इतिहासमा यो पहिलो घटना हो ।

शुक्रबारको बोर्ड बैठकको निर्णअनुसार मुख्य सचिव अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दाको फाइल लिएर अख्तियारको टोली विशेष अदालत पुगेको थियो । मुद्दाको फाइल रुजु सकिएपछि अर्यालविरुद्ध मुद्दा दायर भएको हो ।

अख्तियारले केही पूर्वमन्त्रीहरू पनि मुछिएको टेरामक्स प्रकरणमा पनि अर्यालविरुद्ध छानबिन थाल्दैछ । टेरामक्स प्रकरणमा अख्तियारले पूर्वमन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतसँग बयान लिइसकेको छ ।

भ्रष्टाचार मुद्दा चल्ने भएपछी मुख्यसचिव अर्याललाई पदबाट बाहिरिन दबाब परेको थियो । मुद्दा दर्ता भएपछि स्वत: निलम्बनमा पर्ने भएकाले उनको बहिर्गमनका लागि कोसिस भएको थियो । तर उनले राजीनामा दिएनन् ।

अर्यालविरुद्ध मुद्दा चलाउने निर्णय भइसकेको जानकारी अख्तियार प्रमुख प्रेमकुमार राईले शुक्रबार नै प्रधानमन्त्रीलाई दिएका थिए । यस्तोमा प्रचण्डले मुख्यसचिव अर्याललाई बोलाएर आइतबार बिहान करिब १ घण्टा छलफल गरेका थिए ।

प्रधानमन्त्रीले बोलाएर उनलाई पदबाट राजीनामा दिन सुझाएका थिए । अब अर्याल मुद्दा चलिसकेपछि स्वत:निलम्बित भएका छन् ।

अर्याल शुक्रबार भने पूरा समय कार्यालयमै थिए । अहिले देशभर सरकारको बजेट खर्च भइरहेको छ । यस्तोमा उनी शुक्रबार दिनभर कार्यालयमा बसेर काममा सक्रिय थिए ।

अख्तियारले मुद्दा चलाएपछि अर्याल स्वतः निलम्बन भएका छन् ।

तत्कालीन अवस्थामा अर्याल ९ महिनासम्म सञ्चार सचिव रहेका थिए । त्यो ९ महिनामा ४३ करोड ३२ लाख स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच करिब ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

त्यसबेला विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक थिए । पौडेल कार्यकारी निर्देशक भएका बेला ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्न ठेक्का लगाइएको थियो । यो प्रकरणमा पौडेल यसअघि नै अनुसन्धानमा तानिइसकेका छन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ३ : ५३ बजे

विद्युत् मिटर जडान हुने भएपछि दंग सुस्तावासी

नवलपरासी– नागरिकताको अभावमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्तावासीमा विद्युत्

फेल हुने भएपछि रोकियो सरकार, बिहीबार दुवै सदनमा अध्यादेश नलैजाने

काठमाडौं– संसदीय अंकगणितको सुनिश्चितता नदेखिएपछि संघीय संसदका दुवै सदनमा अध्यादेशहरू

‘काठमाडौँ पिंक केयरएथन’ हुँदै 

काठमाडौं– महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही मार्च

भोलिबाट भ्यालेन्टाइन सप्ताह : प्रियजनलाई कसरी खुसी पार्ने ?

काठमाडौं– फेब्रुअरी महिना लागिसकेको छ र छिट्टै भ्यालेन्टाइन विक सुरु हुन

अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ

एजेन्सी – राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भन्सार महसुलको धम्कीपछि मेक्सिकोले आफ्नो