आइटी आर्मीको आन्दोलन : ८औं दिन कालोपट्टी बाँधेर वैदेशिक रोजगार विभागमा घेराउ  « Khabarhub

आइटी आर्मीको आन्दोलन : ८औं दिन कालोपट्टी बाँधेर वैदेशिक रोजगार विभागमा घेराउ 


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टीको भातृ संगठन आइटी आर्मीले वैदेशिक रोजगारमा ठगिएका पीडितलाई न्याय दिलाउनको लागि आन्दोलन जारी राखेको छ । आज (आइतबार) आन्दोलनको ८औं दिन पनि आइटी आर्मीले आन्दोलनलाई जारी राखेको छ ।

विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्नेलगायतका माग राखेर आइटी आर्मी आन्दोलित छ ।

आइटी आर्मीले जन पक्षीय मुद्दा उठाउँदै आन्दोलन गरेकोमा यस पटक भने वैदेशिक रोजगारीको नाममा भएको ठूलो ठगीको विरुद्धमा आन्दोलन छेडेको हो ।

उसले असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारबाही गर्नुपर्ने, फ्री– भिसा फ्री– टकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्नेजस्ता प्रमुख मागहरू अघि सारेको छ । तर, ती मागप्रति राज्य उदासिन बनेकोमा भने आन्दोलनकारीहरू आक्रोशित बनेका छन् । त्यही आक्रोश पोख्नको लागि आज उनीहरूले सांकेतिक विरोध स्वरूप हातमा कालो पट्टी बाँधेर संघर्षलाई अगाडि बढाएका छन् ।

बेरोजगारको खुलेआम व्यापार भइरहेको र ठगहरूसामु वर्तमान सरकार लाचार भएको स्थितिमा पीडितलाई न्याय दिलाउन आइटी आर्मीले लिएको पहलकदमी सराहनीय रहेको आजपाका अध्यक्ष प्रभु साहको विश्वास छ । उनले देशमा अहिले दलाल भगौडाहरुको हालीमुहाली रहेको र लोकतन्त्रको ठाउँमा दल तन्त्र हाबी भएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ४ : १० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु