भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो « Khabarhub

भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

बेङ्गलोर– भारतमा विषाक्त मदिराको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको भारतीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

तमिलनाडु राज्यका मुख्यमन्त्री एम.के स्टालिनले मङ्गलबार मदीरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको र अन्य दर्जनौँ व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका थिए ।

स्थानीयस्तरमा उत्पादन गरेको मदिरामा विषाक्त मेथानोल मिसाइएको पुष्टि भएको उनले बताए । रक्सी पिउने १०० भन्दा बढी मानिसहरूलाई अस्पताल लगिएको थियो ।

भारतमा ब्याकस्ट्रिट डिस्टिलरीहरूमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौँ मानिसहरू मर्छन्, तर यो विषाक्तता हालका वर्षहरूमा थप भयानक देखिएको छ । रक्सीको शक्ति बढाउन मिसाइने पदार्थ मेथानोलले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ ।

कल्लाकुरिची जिल्लाका गरिब मजदुरहरूले नियमित रूपमा प्लास्टिकको झोलामा ६० रुपैयाँ मूल्य पर्ने रक्सी किन्ने र काम गर्नु अघि पिउने र यसैको नशामा काम गर्ने गरेको इन्डियन एक्सप्रेस पत्रिकाले आइतबार उल्लेख गरेको छ ।

रक्सीको सेवनपछि कतिपयले आँखा देख्न नसकेको बताएका थिए भने कतिपय बेहोस भई सडकमै ढलेका र उनीहरूमध्ये केहीको तत्काल मृत्यु भएको थियो ।

कल्लाकुरिची जिल्लाका शीर्ष सरकारी अधिकारी एम.एस प्रशान्तले घटनासँग सम्बन्धित व्यक्तिमध्ये शनिबारसम्ममा ५३ जनाको मृत्यु भएको बताएका छन् ।  केही भारतीय सञ्चारमाध्यमले आइतबार मृतकको सङ्ख्या ५५ पुगेको बताएका थिए तर यसको कुनै आधिकारिक पुष्टि भएको छैन ।

प्रशान्तले नक्कली रक्सी त्रासदीसँग सम्बन्धित सात जनालाई पक्राउ गरिएको बताए ।

इन्डियन एक्सप्रेसले बिहीबार विषालु पेय पदार्थको प्याकेट पिएर मृत्यु भएकाको पत्नी घरेलु कामदार कोलान्जीसँग कुरा गरेको थियो । उनका अनुसार स्थानीयले सरकारी पसलहरूबाट रक्सी किन्न नसक्ने तर नशाका लागि दूषित मुनशाइन नामक रक्सी पिउने गर्छन् ।

भारतका धेरै भागहरूमा रक्सी बेच्न र सेवन गर्न निषेध गरिएको छ, जसले गर्दा घातक ब्याकस्ट्रिट मुनशाइनजस्ता पेय पदार्थको कालो बजार फस्टाएको छ ।

गत वर्ष पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा गुजरातमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ४ : २९ बजे

फोहरजन्य वस्तु बिक्री गरी १४ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक

व्यावसायिक स्याउ खेती सुरु गर्दै भोजपुर वैकुण्ठेका किसान

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती

दुई फर्मलाई वाणिज्य विभागको कारबाही 

काठमाडौं– नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता

डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ

सिरहा– सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न

धादिङ दुर्घटना अपडेट : यी हुन् पोखराबाट बसमा चढेका २८ यात्रु (सूची)

काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१