जापानको फुकुशिमामा ४.९ म्याग्नीच्यूडको भूकम्प « Khabarhub

जापानको फुकुशिमामा ४.९ म्याग्नीच्यूडको भूकम्प


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको फुकुशिमाको तटीय क्षेत्रमा आइतबार ४.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पको केन्द्रबिन्दु फुकुशिमा प्रान्तको तटीय क्षेत्रमा ५० किलोमिटर गहिराइमा रहेको थियो ।

भूकम्पका कारण समाचार तयार पार्ने समयसम्म कुनै मानवीय क्षति वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

जापान चार टेक्टोनिक प्लेटहरूको मिलन बिन्दुमा अवस्थित छ, जसले यसलाई विशेष गरी भूकम्पीय गतिविधिको लागि संवेदनशील बनाएको छ ।

यो १०० सक्रिय ज्वालामुखीहरूको घर पनि हो । सन् २०११ मा जापानमा ९.० म्याग्निच्यूडको भूकम्प गएको थियो र सुनामी आएको थियो । भूकम्पका कारण १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने फुकुशिमा आणविक केन्द्रमा विपत्ति आएको थियो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ५ : १५ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ