सबै भाषा, संस्कृतिको संवर्द्धन र विकास गर्न सरकार प्रतिबद्ध छ  : मन्त्री तामाङ « Khabarhub

सबै भाषा, संस्कृतिको संवर्द्धन र विकास गर्न सरकार प्रतिबद्ध छ  : मन्त्री तामाङ


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य र संस्कृतिको संवर्द्धन र विकास गर्न सरकार सचेत र प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री तामाङले नेपाल प्रज्ञा–प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति र दर्शनको विकास गर्न सरकारकातर्फबाट अधिकतम सहयोग गर्ने बताएका हुन् ।

प्रतिष्ठानले नेपालको मौखिक इतिहासको खोजी गर्ने, नेपालमा बोलिने मातृभाषाको संरक्षण र सम्वर्धनमा जोड दिने, बाल साहित्यको विकास गर्ने, सातै प्रदेशका भौगोलिक, सामाजिक, संस्कृति, ऐतिहासिक, भाषिक तथा साहित्यिक विषयकको खोज अन्वेषण गर्दै आएको उल्लेख गर्दै उनले यसमा सरकारकातर्फबाट भरपुर सहयोग रहने विश्वास दिलाए ।

नेपाल प्रज्ञा–प्रतिष्ठान जनताको सङ्घर्ष र बलिदानको पृष्ठभूमिमा उभिएको जिकिर गर्दै मन्त्री तामाङले नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्ने तथा मौलिक सिर्जना एवं अनुवादको काम गर्ने सर्वोच्च निकाय भएको उल्लेख गरे ।

नेपाल प्रज्ञा–प्रतिष्ठान २०१४ सालमा ‘नेपाली साहित्य–कला एकेडेमी’का नाममा स्थापना भएको हो । त्यसपछि यो नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै नेपाल प्रज्ञा–प्रतिष्ठानमा परिणत भएको हो ।

प्रतिष्ठानले ६७औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गरेको थियो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ५ : २३ बजे

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई