केही व्यक्तिको बदमासीले बदनाम बनेको सहकारी क्षेत्र व्यवस्थित बनाऔँ : श्रममन्त्री अर्याल    « Khabarhub

केही व्यक्तिको बदमासीले बदनाम बनेको सहकारी क्षेत्र व्यवस्थित बनाऔँ : श्रममन्त्री अर्याल   


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले केही व्यक्तिको बदमासीका कारण बदनाम बनेको सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताएका छन् ।

आइतबार ललितपुरमा सहकारी रोजगार मेला समापन कार्यक्रमका बोल्दै मन्त्री अर्यालले समाजमा रहेका केही मानिसहरूले गरेको अपराधका कारण समग्र सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको र यस क्षेत्र बदनाम भएको भन्दै सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताएका हुन् ।

उत्पादनलाई बजारीकरण गर्नका लागि नेपालमा सहकारी क्षेत्रले गरेको योगदान बिर्सन नहुने उनले बताए ।

मन्त्री अर्यालले सहकारी अभियन्ता भनिनेहरू नै ठगी प्रकरणमा मुछिनु दुखद भएको धारणा राखे ।

केही व्यक्तिहरू आफूले राखेका अवैध सम्पत्ति लुकाउनका लागि सहकारीकै बदनाम गरिरहने प्रयासमा लागेको उनको भनाइ छ ।

उनले मुलुकमा अर्थतन्त्र चलायमान बनाउनका लागि सहकारीको भूमिकाका बारेमा समाजमा सकारात्मक बहस गर्ने बेला भएको बताए ।

मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ राष्ट्रिय सहकारी महासंघ नेपालले सहकारी रोजगार मेला आयोजना गरेको थियो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ५ : ५३ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु