केही व्यक्तिको बदमासीले बदनाम बनेको सहकारी क्षेत्र व्यवस्थित बनाऔँ : श्रममन्त्री अर्याल    « Khabarhub

केही व्यक्तिको बदमासीले बदनाम बनेको सहकारी क्षेत्र व्यवस्थित बनाऔँ : श्रममन्त्री अर्याल   


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले केही व्यक्तिको बदमासीका कारण बदनाम बनेको सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताएका छन् ।

आइतबार ललितपुरमा सहकारी रोजगार मेला समापन कार्यक्रमका बोल्दै मन्त्री अर्यालले समाजमा रहेका केही मानिसहरूले गरेको अपराधका कारण समग्र सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको र यस क्षेत्र बदनाम भएको भन्दै सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताएका हुन् ।

उत्पादनलाई बजारीकरण गर्नका लागि नेपालमा सहकारी क्षेत्रले गरेको योगदान बिर्सन नहुने उनले बताए ।

मन्त्री अर्यालले सहकारी अभियन्ता भनिनेहरू नै ठगी प्रकरणमा मुछिनु दुखद भएको धारणा राखे ।

केही व्यक्तिहरू आफूले राखेका अवैध सम्पत्ति लुकाउनका लागि सहकारीकै बदनाम गरिरहने प्रयासमा लागेको उनको भनाइ छ ।

उनले मुलुकमा अर्थतन्त्र चलायमान बनाउनका लागि सहकारीको भूमिकाका बारेमा समाजमा सकारात्मक बहस गर्ने बेला भएको बताए ।

मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ राष्ट्रिय सहकारी महासंघ नेपालले सहकारी रोजगार मेला आयोजना गरेको थियो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ५ : ५३ बजे

सामुदायिक वन उपभोक्ता समूहका पूर्वपदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

जाजरकोट- जाजरकोटस्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरूविरुद्ध

नेपालगञ्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’ गोदाममा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै

किएभ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्ने

बाजुरामा भूकम्पको धक्का

काठमाडौं- बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार साँझ ६

उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

काठमाडौं– सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ। सोमबार