भारतको विहारमा एक सातामा तेस्रो निर्माणाधीन पुल भत्कियो « Khabarhub

भारतको विहारमा एक सातामा तेस्रो निर्माणाधीन पुल भत्कियो


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको बिहारको मोतिहारी (पूर्वी चम्पारण) मा आइतबार निर्माणाधीन एउटा सानो पुल भत्किएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार बिहारमा पछिल्लो एक हप्तामा पुल भत्किएको यो तेस्रो घटना हो ।

मोतिहारीको घोरासहन ब्लकमा भएको यो घटनामा कुनै हताहतीको खबर नभएको अधिकारीहरूले जनाएका छन् । ग्रामीण निर्माण विभागले घोरासहन ब्लकको नहरमा निर्माणाधीन १६ मिटर लामो पुल भत्किएको बताएका छन् ।

यो पुल अमवा गाउँलाई ब्लकका अन्य क्षेत्रसँग जोड्न निर्माण गरिएको हो । डेढ करोडको लागतमा निर्माण हुन लागेको हो ।

यस अघि जुन ४ मा पनि बिहारको खगरियामा गंगामाथि बनेको पुलको एक भाग नदीमा डुबेको थियो । यो पुल भागलपुर जिल्लाको सुल्तानगञ्ज र खगरिया जिल्लाको अगुआनी बीच करिब १७१७ करोड भारुको लागतमा निर्माण भइरहेको थियो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ६ : ५४ बजे

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव