भारतको विहारमा एक सातामा तेस्रो निर्माणाधीन पुल भत्कियो « Khabarhub

भारतको विहारमा एक सातामा तेस्रो निर्माणाधीन पुल भत्कियो


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको बिहारको मोतिहारी (पूर्वी चम्पारण) मा आइतबार निर्माणाधीन एउटा सानो पुल भत्किएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार बिहारमा पछिल्लो एक हप्तामा पुल भत्किएको यो तेस्रो घटना हो ।

मोतिहारीको घोरासहन ब्लकमा भएको यो घटनामा कुनै हताहतीको खबर नभएको अधिकारीहरूले जनाएका छन् । ग्रामीण निर्माण विभागले घोरासहन ब्लकको नहरमा निर्माणाधीन १६ मिटर लामो पुल भत्किएको बताएका छन् ।

यो पुल अमवा गाउँलाई ब्लकका अन्य क्षेत्रसँग जोड्न निर्माण गरिएको हो । डेढ करोडको लागतमा निर्माण हुन लागेको हो ।

यस अघि जुन ४ मा पनि बिहारको खगरियामा गंगामाथि बनेको पुलको एक भाग नदीमा डुबेको थियो । यो पुल भागलपुर जिल्लाको सुल्तानगञ्ज र खगरिया जिल्लाको अगुआनी बीच करिब १७१७ करोड भारुको लागतमा निर्माण भइरहेको थियो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ६ : ५४ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज