बैकुण्ठलाई भ्रष्टाचार मुद्दा लागेपछि लीलादेवी निमित्त मुख्यसचिव « Khabarhub

बैकुण्ठलाई भ्रष्टाचार मुद्दा लागेपछि लीलादेवी निमित्त मुख्यसचिव


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिव बनाएको छ ।

उनलाई वरिष्ठ सचिवमध्येबाट निमित्त मुख्यसचिव बनाइएको हो । लीलालाई भदौसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निमित्त मुख्यसचिवको जिम्मेवारी दिएका हुन् ।

तेह्रथुम जिल्लाकी गड्तौलाले उनले नेपाल ल क्याम्पसबाट आईएल बिएल गरेकी छन् ।२०५२ सालमा न्याय सेवातर्फ कानुन मन्त्रालयमा जागिर सुरु गरेकी उनीले कानून मन्त्रालयमा १७ वर्ष काम गरिन् ।

त्यसपछि उनी ऊर्जा, जलस्रोत, उद्योग, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग, गृह मन्त्रालय लगायतका महत्त्वपूर्ण निकायमा उनले काम गरिसकेकी छन् ।

०६३ सालमा उपसचिव भइन् भने २०७० सालमा सहसचिव भएकी २०७७ कात्तिकमा सचिव भएकी उनी नेपाल कानुन आयोगका सचिवबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव भएकी थिइन् ।

गड्तौला पहिलो महिला कानुन सचिवसमेत हुन् । उनी २०८० भदौ २२ गते प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिवको रूपमा काम गर्दै आएकी छन् ।

उनी कानून तथा न्याय सेवातर्फ दुई जना महिला विशिष्ट श्रेणी पुगेका सचिवहरूमध्ये एक हुन् । न्याय सेवातर्फ निर्मला पौडेल छन् ।

गर्तौलाले खबरसँग भनिन्, ‘सरकारले मलाई जिम्मेवारी दिएकोमा धन्यवाद दिन चाहन्छु। पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने वचन पनि दिन चाहन्छु।’

‘एउटा घटना र परिस्थितिका कारण मैले यो जिम्मेवारी सम्हालेको हुँ। म यो जिम्मेवारीलाई कुनै पनि हालतमा राम्रोसँग पूरा गर्नेछु’ उनले भनिन् ।

निमित्त मुख्यसचिवमा बनेकी गर्तौला भदौ १५ गते सेवानिवृत्त हुनेछिन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : ०५ बजे

अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय

बेलायतबाट आधारभूत सैन्य तालिम लिएका गौरव शमशेर राजदूत बनेर त्यहीँ जाँदै

काठमाडौं- सरकारले पूर्वप्रधानसेनापति गौरवशमशेर राणालाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस

विदेशी चलखेलले राष्ट्रियता जोखिममा : माधव नेपाल

काठमाडौं– नेकपाका सह-संयोजक माधव कुमार नेपालले देश हाल ठूलो सङ्कटमा

संयुक्त मोर्चा बनाएर चाडपर्वपछि आन्दोलन गर्छौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि सरकारका

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

बाँके– नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका सीमान्तकृत