चालु आवमा चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन « Khabarhub

चालु आवमा चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, कार्यान्वयन एकाइ चितवनले चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन गरेको छ ।

कार्यालय प्रमुख श्यामबाबु लोप्चनले चालु आर्थिक वर्षमा कार्यालयको क्षेत्रमा पर्ने चितवन, मकवानपुर, नवलपुर (बर्दघाट–सुस्ता पूर्व), बारा र पर्सामा पोखरी निर्माण तथा व्यवस्थापन गरिएका बताए ।

चितवनमा पर्ने राप्ती नगरपालिका–९ रसौलीमा चार रोपनी क्षेत्रफलमा एक करोड लिटर पानी जम्मा हुने गरी रु ३५ लाखको लागतमा पोखरी निर्माण गरिएको र चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने गैँडा ताललाई रु आठ लाखको लागतमा चार रोपनी क्षेत्रफलमा विस्तार गरिएको उनले जानकारी दिए ।

“वन्यजन्तुलाई पानीको सहजताका लागि पोखरी निर्माण तथा विस्तार गरिरहेका छौँ । यो वर्ष त्यसलाई निरन्तरता दिएका छौँ । यहाँ खडेरीमा पनि वन्यजन्तुलाई पानीको समस्या नहुने गरी पोखरी व्यवस्थापन गरिएका छन्”, कार्यालय प्रमुख लोप्चनले भने।

यसैगरी नवलपुरको कावासोतीस्थित बुद्ध सामुदायिक वनमा रु पाँच लाखको लागतमा दुई रोपनी क्षेत्रफलमा नयाँ तालको संरचना निर्माण गरिएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ मा रु २० लाखको लागतमा मोरङ्गे तालको क्षेत्र विस्तार तथा पर्यापर्यटनको दृष्टिले पनि उपयुक्त भएकाले पदमार्गसँगै पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गरिएका गरिए लोप्चनले बताए ।

हेटौँडा उपमहानगरपालिका–१६ शक्ति खोलामा एकै स्थानमा तीन पोखरी निर्माण गरिएका छन् । रु पाँच लाखका दरले निर्माण गरिएका ती पोखरी दुई–दुई रोपनी क्षेत्रफलमा फैलिएका छन् । यस्तै हेटौँडा–१५ स्थित कर्णे खोलामा तीन रोपनी क्षेत्रफलमा र बकैया–३ मा पर्ने चम्पा खोलामा रु पाँच लाखको लागतमा पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ ।

एकाइले बाराको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने तीन कुवा पोखरीलाई पुनःनिर्माण गरेको जनाएको छ । रु १० लाखको लागतमा निर्माण गरिएको पोखरी तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । बाराको जितपुर सिमारा–१६ मा रहेको हलखोरीयामा रु १३ लाखको लागतमा हात्तीघोल ताल व्यवस्थापन गरिएको छ । यो ताल आठ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : ४० बजे

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन