धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा दबाबको अभ्यास गर्दै अर्थमन्त्रीदेखि ५.३७ अंकले घट्यो नेप्सेसम्म | Khabarhub Khabarhub

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा दबाबको अभ्यास गर्दै अर्थमन्त्रीदेखि ५.३७ अंकले घट्यो नेप्सेसम्म


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनादेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया अवरुद्ध भइरहेको छ । साताको पहिलो दिन नेप्से ५.३७ अंकले घटेको छ । रौतहटमा एक हजार किलो सुपारी बरामद भएको छ ।

जैविक ऊर्जा र प्लाइउडका कच्चापदार्थमा भ्याट नलगाउन उद्योगीहरुले आग्रह गरेका छन् । सहकारी क्षेत्र व्यवस्थित बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले आग्रह गरेका छन् । शिवम् सिमेन्टका सञ्चालक घिमिरेले दिए राजीनामा दिए ।

आजका प्रमुख आर्थिक समाचार :

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा दबाबको अभ्यास गर्दै अर्थमन्त्री

नेपाल धितोपत्र बोर्ड ९सेबोन० को अध्यक्ष नियुक्ति प्रकरण ६ महिनादेखि रिक्त छ । पूँजीबजार नियामक निकायको कार्यकारी पदमा ‘आफ्ना मानिस पुर्‍याउन र स्वार्थ पूरा हुनेगरी काम गराउन’ दलका नेतादेखि व्यवसायीसम्म लागिपर्दा नियुक्ति प्रक्रिया नै तिल्मिलाएको छ ।

बोर्डमा अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया शुरू भएको झण्डै ६ महिना भइसकेको छ । तर, विषयगत अर्थ मन्त्रालयले हालसम्म नियुक्ति प्रक्रिया टुङ्ग्याउन सकेको छैन । बोर्डको अध्यक्ष पदको लागि सिफारिस समितिले तयार गरेको नयाँ कार्यविधिअनुसार उम्मेदवार आह्वान र ५ जनाको नाम सर्ट लिस्टमा प्रकाशन भइसकेपछि संगठित रूपमा ३ जनालाई अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणमा सहभागी नगराउने काम भएको आरोप अर्थमन्त्रीले खेपेका हुन्‌ ।

जैविक ऊर्जा र प्लाइउडका कच्चापदार्थमा भ्याट नलगाउन आग्रह

आगामी वर्षको बजेटमार्फत दाउरा, वनमारालगायतका वनपैदावारमा सरकारले मूल्य अभिवृद्धि कर ९भ्याट० लगाउने प्रस्तावले स्वदेशी उद्योगलाई नकारात्मक असर गर्ने बताइएको छ ।

जैविक ऊर्जा व्यवसायी सङ्घ नेपाल र नेपाल प्लाइउड उत्पादक सङ्घले आज पत्रकार सम्मेलन गरी स्वदेशकै वनपैदावारमा भ्याट लगाउने तर सोही प्रकृतिको कच्चापदार्थ भारत निकासी गर्न पैठारी कर तथा भ्याट छुटको व्यवस्था गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

जैविक ऊर्जा व्यवसायी सङ्घ नेपालका अध्यक्ष सुशील ज्ञवालीले दाउरा, वनमारा, ब्रिकेट, प्यालेटमा विगतमा दिइएको भ्याट छुट हटाइँदा औद्योगिक इन्धन आयात प्रतिस्थापनको सम्भावना नरहने बताए । ‘एकातिर तयारी उत्पादनलाई पुनः आयात गर्न सहज हुनेगरी पैठारी घटेको छ भने अर्कातिर सञ्चालनमा आउँदै गरेका ब्रिकेट, प्यालेटलगायत वन पैदावारमा आधारित उद्योगहरू बन्द हुने अवस्था छ,’ अध्यक्ष ज्ञवालीले भने ।

केही युवाले वन क्षेत्रमा खेर गइरहेको वनपैदावार तथा कृषि वस्तु ९वनको झाडी, वनमारा, काठको धुलो, वगास, प्लाइ वैस्ट, आदि० उपयोग गरी उद्योग स्थापना गरिरहेका छन् ।

यी उद्योगहरूले वनमारालगायत वनजन्य कच्चापदार्थहरुबाट तापीय ऊर्जाका लागि ब्रिकेट, पेलेट उत्पादन गरी बाहिरबाट आयातित जीवास्मा इन्धन (डिजल, कोइला, एलपिजी ग्यास_ प्रतिस्थापन गर्ने लक्ष्य लिएका छन् ।

ऊर्जा उत्पादनको नयाँ विकल्प ल्याई आयातित जिवास्म इन्धन प्रतिस्थापनमा लागेका उद्योगलाई निरुत्साहित नगर्न नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमनारायण घिमिरेले आग्रह गरे ।

पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता गणेश शाहले ब्रिकेट तथा प्यालेटमा पहिलो पटक भ्याटको भार थपिनु र सोही वस्तु भारतबाट आयात हुँदा भ्याट तथा भन्सार शुल्क शून्य बनाइनु पश्चगामी कदम भएको टिप्पणी गरे ।

उनले सरकारले त्यस्तो प्रस्ताव फिर्ता लिनुपर्ने अन्यथा सोको विरोधमा अभियान सञ्चालन हुने जनाए । वातावरण विज्ञहरु भरतराज पोखरेल र सन्तोषमणि नेपालले पनि बजेटमा भएको उक्त व्यवस्थाले स्वदेशी उद्योग र रोजगारीलाई प्रतिकूल असर पार्ने बताए ।

सहकारी क्षेत्र व्यवस्थित बनाऔँ : श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले केही व्यक्तिको बदमासीका कारण बदनाम बनेको सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताएका छन् ।

आइतबार ललितपुरमा सहकारी रोजगार मेला समापन कार्यक्रमका बोल्दै मन्त्री अर्यालले समाजमा रहेका केही मानिसहरूले गरेको अपराधका कारण समग्र सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको र यस क्षेत्र बदनाम भएको भन्दै सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताएका हुन् ।

उत्पादनलाई बजारीकरण गर्नका लागि नेपालमा सहकारी क्षेत्रले गरेको योगदान बिर्सन नहुने उनले बताए । मन्त्री अर्यालले सहकारी अभियन्ता भनिनेहरू नै ठगी प्रकरणमा मुछिनु दुःखद भएको धारणा राखे ।

केही व्यक्तिहरू आफूले राखेका अवैध सम्पत्ति लुकाउनका लागि सहकारीकै बदनाम गरिरहने प्रयासमा लागेको उनको भनाइ छ ।उनले मुलुकमा अर्थतन्त्र चलायमान बनाउनका लागि सहकारीको भूमिकाका बारेमा समाजमा सकारात्मक बहस गर्ने बेला भएको बताए ।

मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ राष्ट्रिय सहकारी महासंघ नेपालले सहकारी रोजगार मेला आयोजना गरेको थियो ।

५.३७ अंकले घट्यो नेप्से

साताको पहिलो अर्थात् आइतबार नेपाल स्टक एक्सजेञ्ज ९नेप्से० राताम्य भएको छ । फाइनान्समा उत्साह आउँदा अन्य समूहमा भने निराशा देखिएको छ ।

आज नेप्से ५.३७ अंकले घट्दा नेप्से परिसूचक २०६२।९४ विन्दु कायम भएको छ । आइतबार ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँ बराबरको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर ६१ हजार ५१३ पटक किनबेच भएको छ ।

फाइनान्स समूह १२८.५३ अंकले बढ्दा ७८ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । मूल्य बढेका कम्पनीहरूमा सकारात्मक सर्किट हान्नेमा पनि अधिकांश फाइनान्स र लघुवित्त रहेका छन् ।

आज सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको शेयर मूल्य घट्दा लघुवित्त र म्युचल फण्डको मूल्य बढी घटेको छ । आज होटल एण्ड टुरिजम समूह ५८।७४ अंकले घट्दा आज कारोबार भएका ३१७ वटा कम्पनीमध्ये १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स आज पनि राताम्य भएको छ । आज सबैभन्दा बढी पोखरा फाइनान्सको कारोबार भएको छ । पोखराको आज १७ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा बढी रिलायन्स फाइनान्स शेयर कारोबार भएको छ । रिलायन्सको ३ लाख ९ हजार ४४३ कित्ता शेयर कारोबार भएको छ ।

रौतहटमा एक हजार किलो सुपारी बरामद

पूर्व पश्चिम राजमार्गको रौतहट स्थित प्रहरीले एक यात्रुवाहक बसबाट एक हजार किलोग्राम सुपारी बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा शनिवार राती साढे १२ बजे चन्द्रपुर नगरपालिका९१ पौराईस्थित प्रहरीको गस्ती टोलीले झापाबाट नेपालगंज तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२९३ नम्बरको बस चेकजाँचको क्रममा डिकीमा राखिएको ३३ बोरा सुपारी बरामद गरेको थियो ।

बेवारिसे अवस्थामा बरामद गरिएको ८ लाख ५० हजार मूल्य बराबरको एक हजार किलोग्राम बेवारिसे सुपारी आइतबार आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएस्पी एलिजा गिरीले जानकारी दिएकी छन् ।

शिवम् सिमेन्टका सञ्चालक घिमिरेले दिए राजीनामा

शिवम् सिमेन्टका सञ्चालक चन्द्रकुमार घिमिरेले राजीनामा दिएका छन् । घिमिरेले दिएको राजीनामा स्वीकृति समेत भएको छ । घिमिरेले आफ्नो व्यक्तिगत कारण देखाएर असार १ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए ।

उनको राजीनामा बिहीबार बसेको सञ्चालक समितिको १३०औँ बैठकले स्वीकृत गरेको कम्पनीका सचिव लेखनाथ अर्यालले जानकारी दिए । अर्यालका अनुसार सञ्चालक समितिले घिमिरेले सञ्चालक हुँदा पुराएको योगदानमा धन्यवाद ज्ञापन समेत दिएको थियो ।

विजय लघुवित्तले एफपीओ जारी गर्ने

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० जारी गरेपछि पूँजी बढाउन थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्दछन् । लघुवित्तले पुँजी वृद्धि गर्ने एफपीओ जारी गर्न लागेको हो ।

कम्पनीले एफपीओ जारी गर्ने साधारणसभामा विशेष प्रस्ताव राखेको छ । साधारणसभाबाट पारित भएपछि कम्पनीले एफपीओ जारी गर्ने कम्पनीले जनाएको छ । कम्पनीको १५औँ वार्षिक साधारणसभा असार ३० गते धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा बस्ने कम्पनीका सचिव सरोज घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार साधारणसभाका लागि र एफपीओको लागि असार १७ गते बुक क्लोज हुनेछ । असार १६ गतेसम्म कम्पनीको शेयर खरिद गर्नेले मात्र एफपीओका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीको साधारणसभाले एफपीओ सम्बन्धी सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई हस्तान्तरण गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र त्यसको जिम्मेवारी सञ्चालक समितिलाई दिने सचिव घिमिरेले जानकारी दिए ।

सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूह ‘क’ बाट चार जना र सर्वसाधारण समूह ‘ख’ बाट दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने र संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने समेत साधारणसभाको प्रस्ताव रहेको छ ।

त्यस्तै, साधारणसभामा अध्यक्षले प्रस्तुत गर्ने २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० साल आषाढ मसान्तको वासलात, आव २०७९–८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरि पारित गर्ने र लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण समेत पारित गर्ने प्रस्ताव रहेको छ ।

समाज लघुवित्तको साधारणसभा असार ३० गते

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ साधारणसभा असार ३० गने हुने भएको छ । शनिबार बसेको सञ्चालक समितिको ११४औँ बैठकको निर्णयानुसार जानकी फेमिली होटल एण्ड पार्टी प्यालेस, मलङ्गवा, सर्लाहीमा साधारणसभा गर्ने हुने भएको हो ।

कम्पनीका सचिव किशोरी महतोका अनुसार साधारणसभाको विशेष प्रस्तावको रुपमा सञ्चालक समितिको निर्वाचन र मर्जरमा जाने प्रस्ताव रहेको छ । सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नका लागी दुईजना सर्वसाधारण ९समूह ख० सञ्चालकहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव रहेको छ ।

त्यस्तै, अर्को लघुवित्तसँग मर्जरमा जाने प्रस्ताव पारित गर्ने र त्यसको लागि आवश्यक पर्ने सम्पूर्ण कामको जिम्मेवारी दिने सञ्चालक समितिलाई अख्तियारी दिनसमेत साधारणसभाको विशेष प्रस्ताव रहेको सचिव महतोले जानकारी दिइन् ।

कम्पनीको साधारण प्रस्तावमा अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी निर्णय पारित गर्ने, लेखा परीक्षण प्रतिवेदनसहित २०८० असाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण, सोही अवधिको वित्तीय विवरण तथा अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ति र उसको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

साधारणसभाका लागि असार २० गते बुक क्लोज हुने कम्पनीले जनाएको छ ।

एनआईसी एशिया लघुवित्तका अध्यक्षको राजीनामा स्वीकृत

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुवर्ण पौडेलले दिएको राजिनामा स्वीकृत भएको छ । अध्यक्ष पौडेलले असार ६ गतेदेखि लागू हुनेगरि राजीनामा दिएको कम्पनीका सचिव दीपित श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार गत असार ७ गते शुक्रबार साँझ बसेको सञ्चालक समितिको २१८औँ बैठकले उक्त राजीनामा स्वीकृत गरेको हो । पौडेल सर्वसाधारण तर्फबाट सञ्चालक समितिमा निर्वाचित भइ अध्यक्ष भएका थिए ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ९ : ०० बजे

तीन वर्षपछि सिंहदरबार फर्किए ओली, यसरी गरियो स्वागत (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि देशको कार्यकारी पद सम्हालेका

मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते

राष्ट्रपतिमा पुनः प्रतिस्पर्धा गर्दै पेरूका पूर्वराष्ट्रपति फुजिमोरी

एजेन्सी– पेरूका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी सन् २०२६ मा हुने दक्षिण

ओली क्याबिनेटमा जसले पाए पहिलो पटक मौका

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारमा नौ जनाले पहिलो पटक

नवनियुक्त श्रममन्त्री भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार