स्वदेशमै उपचार गर्छुभन्दा पनि नपाउने अवस्था छ : नारायणमान बिजुक्छेँ | Khabarhub Khabarhub

स्वदेशमै उपचार गर्छुभन्दा पनि नपाउने अवस्था छ : नारायणमान बिजुक्छेँ


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उपचारको अभावमा रोगसँग डराउने दिन आएको बताएका छन् ।

नेपाल क्रान्तिकारी महिला सङ्घका पूर्वकेन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको आज आयोजित दोस्रो स्मृतिसभामा उनले स्वदेशमै उपचार गर्छुभन्दा पनि उपचारको सुविधा नपाउने अवस्थाले आफूलाई चिन्तित बनाएको बताए ।

“विसं २०५६ मा शोभाको स्तन क्यान्सरको पहिचान हुँदा टिचिङ अस्पतालका डाक्टरले नेपालमै उपचार सम्भव छ भनेपछि आधा रोग निको भए जस्तै भएको थियो”, उनले भने ।

उनले हरेक घरमा एक जना स्वास्थ्यकर्मी हुनुपर्ने अवस्था आएको बताए । “सरकार या राज्यसँग नडराउने हामी रोगसँग डराउनुपर्ने स्थिति आएको छ । क्यानसरको उपचारमा नेपालमा औषधि ल्याउन गर्नुपरेको दौडधुप, उपचारको अवस्था देख्दा दुःखी बनाएको छ ।”

कार्यक्रममा वरिष्ठ चिकित्सक प्रकाश सायमीले महिलामा हुने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर चुनौती बनेको बताए । डा सायमीले पत्रु खानाको निरन्तर सेवन, महिलाले ३० वर्षपछि बच्चा जन्माउने, मोटोपन समयमै पहिचान नहुनु, उपचारमा हिच्किचाउनुले पनि क्यान्सर रोग लाग्ने गरेको बताए ।

डा सरोज धिताल, क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठ, नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय अध्यक्ष अनुराधा थापामगरलगायतले स्व शोभाको जीवनीमाथि चर्चा गरे ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १० : ५५ बजे

पुनर्जीवन कुर्दै मिथिला नगरीका पुस्तकालय

जनकपुरधाम – जनकपुरधामका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल भन्छन्‌- ‘कुनै

कतारमा भारतको यूपीआईमार्फत् भुक्तानी गर्न मिल्ने

काठमाडौँ– कतारमा भारतीयहरूले युनाइटेड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत भुक्तानी गर्न

विश्वविद्यालयका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

पाटन– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई

चीनमा राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु, तीस बेपत्ता

बेइजिङ– उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा एघार जनाको

सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्धार

मान्म– सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका–६ का