प्रेरक खेल व्यक्तित्व र ओस्कार जितेको फिल्म | Khabarhub Khabarhub

प्रेरक खेल व्यक्तित्व र ओस्कार जितेको फिल्म


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सबैलाई फिल्मका बारे अनुमान हुनसक्छ। समुद्री तट, हावा हुरीसहित केही विजयको सङ्गीत। मानिसको जितको आभास सहितको दौडधुप। यो सन् १९८१ को ओस्कार अवार्ड विजेता फिल्म ‘चारिओट्स अफ फायर’ को सुरुवात हो। सो फिल्ममा बेलायती खेलाडीहरूले ओलम्पिकका लागि गरेको तयारी देखाइएको छ। स्किटीस तटीय क्षेत्र सेन्ट आन्ड्रयुको बालुवाले फोहोर देखिने कपडा, धमिलो पानीमा ती खेलाडीको टी-सर्ट र हाफ पाइन्ट हिलाम्मे भएका छन्।

समुद्री किनारमा अभ्यास गर्ने खेलाडीका लागि यो समान्य अनुभव हो। हाँसी मजाक, खुसी, रमाइलो तथा केही गर्ने प्रतिबद्धताका साथ उनीहरू अहोरात्र सक्रिय छन्। ‘जटिल अवस्था बिच पनि खेलाडीको त्यो दृश्य साँच्चै रमाइलो थियो,’ फिल्म निर्माताले भने ,‘केही फ्याँकिरहेको र मानिस यसका लागि कुदी रहेको त्यो दृश्यले साँच्चै मानवीय लगाव झल्काउँथ्यो। ती दृश्य हेरिरहूँ जस्तो लाग्ने थिए।’

रिलिजको चार दशकपछि पनि सो चलचित्रको महत्त्व उत्तिकै छ। यो अहिले पनि मन पराइने फिल्मको रूपमा रहेको छ। सन् १९२४ को पेरिस ओलम्पिकमा हारोल्ड अब्राहम र इरिक लिडेलले स्वर्णका लागि गरेको मेहनत सो फिल्ममा देखाइएको छ। ‘चारिओट्स अफ फायर’ ले उत्कृष्ट फिल्मसहित चार विधामा ओस्कार अवार्ड जितेको थियो। सो फिल्म बेलायतको सर्वकालिक उत्कृष्ट फिल्मको रूपमा रहेको छ। साथै जो वाइडेन र अर्का अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको सबै भन्दा मनपर्ने फिल्म पनि हो।

शताब्दीमा ओलम्पिक पेरिसमा फर्किएको छ। ‘चारिओट्स अफ फायर’ को महत्त्व त्यत्तिकै छ जत्ति हिजो थियो। विगतमा खेलाडी बन्नकै लागि संसारका सम्भ्रान्त देशका व्यक्तिले गरेको दुःखको कथा अहिले पनि धेरैका लागि एउटा सन्देश बन्नसक्छ। सो फिल्ममा जादु छ।

निर्माता पुटनामको एउटा अनुभव छ। सो फिल्म प्रदर्शनमा आएपछि आधा दर्जन यस्ता सन्देश आएका थिए कि जसले पुटनामलाई अचम्ममा पारेको थियो। जिन्दगीमा बारम्बार आत्महत्याको विचार गर्ने ६ जनालाई सो फिल्मले बाच्नका लागि प्रेरित गरेको थियो। ‘यो फिल्मले मानिसको जीवनसँग बारम्बार साक्षात्कार गरेको थियो। संवाद पनि गरी रहेको थियो। धेरै स्थानमा हामीले कल्पना गरेको भन्दा पनि बढी’, पुटनामले भने।

लिडेल र अब्राहम सन् १९२४ मा संसारमा नाम चलेका एथलेट थिए। उनीहरूले गरेको सङ्घर्ष र उनीहरूको व्यक्तित्वलाई उजागर गर्ने काम फिल्मले गरेको छ। लिडेलले धार्मिक कारणले सो ओलम्पिकमा सय मिटरमा नाम फिर्ता लिएका थिए। आइतबार दिन हिट चरणको खेल भएको थियो।

आइतबार हिट चरणको दौड भएका कारण स्कटीस मान्यता अनुसार त्यस बार दौडन हुँदैन थियो। यसै कारण उनले दौडेनन्। तथापि चार सय मिटरमा भाग लिएर पहिलो स्थान पाएका थिए। यसअघि उनको मध्यम तथा लामो दुरीको खासै अनुभव थिएन।

उनले यसपछि भगवानलाई धन्यवाद दिए। धार्मिक सोच अनुसार सय मिटर दौड भगवानका लागि छाडेका कारण चार सय मिटरमा गति बढेको उनको विश्वास छ। ओलम्पिक च्याम्पियन हुनु भन्दा अघि नै उनी स्कटल्यान्डका अन्तर्राष्ट्रिय रग्बी खेलाडी थिए।

चीनमा जन्मिएका उनी ओलम्पिकमा स्वर्ण पदक जितेपछि फेरि मिसनरीका लागि संसारका धेरै देश पुगेका थिए। जापानमा निधन हुनु भन्दा २० वर्ष अघि उनले त्यसैगरी एसियाली देशमा दिन बिताएका थिए।

सन् १९८० को मस्को ओलम्पिकमा एलन वेल्सले सय मिटरमा स्वर्ण पदक जिते। उनले सो पदक लिएपछि लिडेललाई सम्झिए। सय मिटरको दौडमा स्वर्ण जित्ने वेल्स अन्तिम धावक पनि हुन। वेल्सले मस्कोमा स्वर्ण पदक जितेपछि केही सेकेन्ड टक्क अडिए। त्यसपछि उनले लिडेललाई सम्झिए। वेल्सले आफू भन्दा लिडेल विशेष खेलाडी भएको प्रतिक्रिया दिए।

लिडेलले पछिसम्म एडनवर्गमा रहेको मानसिक स्वास्थ्यमा समस्या हुनेका लागि स्थापित शिविरमा उपचारमा सघाइरहेका थिए। सन् १९३१ मा जापानले चीनमा आक्रमण गरेपछि इरिक लिडेलमा सय इनिसेटिभको रूपमा कार्यक्रम भएको थियो। सो कार्यक्रमको उद्देश्य युवा पुस्तालाई सहयोग गर्ने थियो।

इरिक लिडेल कम्युनिटीका प्रमुख जोन म्याकमिलन पनि होनहार स्टार भएकोमा सहमत छन्। लिडेललाई उत्साहित गर्न अब्राहमको भूमिका पनि फिल्ममा देखाइएको छ। फिल्म रिलिज हुनु भन्दा तीन वर्ष अघि निधन भएका अब्राहम आफू निकट खेलाडीसँगको गहिरो सम्बन्धका कारण यो सम्भव भएको बताउँछन्। युवा अवस्थामा रहेको जोसका कारण यो सम्भव भएको उनी बताउँछन्।

अभिनेता बेन क्रसले अब्राहमको लागि कुदी रहेका लिडेलको भूमिका साँच्चै चुनौतीपूर्ण भएको बताएका छन्। खेल अघि नर्भस भएका लिडेललाई अब्राहमले नै मानसिक रूपले तयार गरेका थिए। फिल्म बनाउन धेरै दुःख सहेका पटनामले ओस्कारमा मनोनयन परेपछि लामो सास फेरेका थिए।

पटनमले ओस्कारमा नोमिनेसनमा परेपछि कपाल समेत काटेका थिएनन्। एकै पटक विजेता भएपछि उनले कपाल काटेका हुन्।

शताब्दीपछि पेरिसमा फेरि ओलम्पिक खेलकुदको आयोजना हुँदैछ। हरेक ओलम्पिकले केही नायक जन्माउने छन्। यस ओलम्पिकले पनि पक्कै जन्माउने छ। यस बिचमा संसारले धेरै आरोह र अवरोहको सामना गरेको छ। शीतयुद्धको सामना गरेको विश्वले बहिस्कार देखेको छ। ओलम्पिक अभियानले दुई वटा विश्व युद्ध देखेको छ। ओलम्पिक महोत्सवमा शासकको दम्भ देखिएको छ।

हो यही अभियानमा खेल जित्नका लागि गरिएको समर्पणको लामो कथा छ। गरिबीका बिच पनि धेरैले जितेका छन्। सम्पन्न हुनेहरूले पनि जितेका छन्। हरेक किसिमको भौगोलिक संरचनामा हुर्कनेहरूले जितेका छन्। जित्नका लागि चाहिने दरिलो आँट, समर्पण र लगाव नहुने तथा भाग लिएको कारण स्टार हुनेले जितेका छैनन्। लिडेल एक सय वर्षपछि पनि प्रेरणाका श्रोत हुन्। स्रोतः सिएनएन

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ७ : ०९ बजे

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

रामेछाप– रामेछापको मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षका भए

एनपिएल : ‘काठमाडौँ गोर्खाज’को उपाधि जित्ने लक्ष्य, कस्तो छ टिम ?

काठमाडौं – पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग

प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह

काठमाडौं– काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले

तराईमा हुस्सु, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रधानमन्त्री ओलीले आज एनपिएलको ट्रफी धरहराबाट सार्वजनिक गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक सोमबार हुँदैछ।