‘बर्थिङ सेन्टर’मा तालाबन्दी हुँदा सेवाग्राही मारमा « Khabarhub

‘बर्थिङ सेन्टर’मा तालाबन्दी हुँदा सेवाग्राही मारमा


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँस्थित शङ्कर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर) मा तालाबन्दी गरिदिएको छ ।

दुईकोठे ‘बर्थिङ सेन्टर’को भवन बनाउने ठेकेदारले समितिलाई ६ लाख ५० हजार भुक्तानी नगरेको जनाउँदै समितिले ताला गलाइदिएको बताइएको छ। विद्यालयको जग्गामा सो बर्थिङ सेन्टरको भवन बनेको थियो ।

अभिभावक सङ्घका अध्यक्ष सङ्केश रावलले विद्यालयलाई ठेकेदारले उक्त रकम दिने भनी सहमति गरे पनि कार्यान्वयन नभएपछि ताला लगाएको बताए ।

‘बर्थिङ सेन्टर’मा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्यालयले पाउनुपर्ने रकम भुक्तानी नहुँसम्म ताला नखोलिने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ९ : ३२ बजे

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा