भारतीय बजेटमा बिहारलाई प्राथमिकता- २४ सय मेगावाट बिजुली निकालिने, रेल र सडकमा ठूलो लगानी « Khabarhub

भारतीय बजेटमा बिहारलाई प्राथमिकता- २४ सय मेगावाट बिजुली निकालिने, रेल र सडकमा ठूलो लगानी


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारत सरकाले युनियन बजेटमार्फत बिहार राज्यलाई विशेष प्राथमिकता दिएको छ । भारतीय बित्त मन्त्री निर्मला सीतारमणले म‌ंगलबार ल्याएको बजेटमा बिहारलाई विशेष प्राथमिकता दिइएको हो ।

बजेटमा बिहारको पिरपैन्तीमा २४ सय मेगावाटको बिजुली उत्पादनका लागि संयन्त्र निर्माण गरिने घोषणा गरिएको छ ।

२१ हजार ४०० करोडको लागतमा उक्त परियोजना निर्माण गरिने भएको छ । बिहारमा नयाँ विमानस्थल, मेडिकल कलेज र खेल संरचना निर्माणलाई ब्यापकता दिइने भएको छ ।

बहुपक्षीय विकास बैंकबाट बाहिरी सहयताका लागि बिहारको अनुरोधअनुसार काम गरिने भएको छ ।

वित्त मन्त्रीले बजेटमा बिहारको सडक-सम्पर्क परियोजनाका लागि २६ हजार करोड रुपैयाँ छुट्याएको जनाएकी छन् ।

यसबाट पटना-पूर्णिया एक्सप्रेस वे, बक्सर-भागलपुर एक्सप्रेस वेको पूर्वाधार बनाइने छ । बोधगया, राजगीर, वैशाली र दरभंगा सडक सम्पर्क परियोजना पनि बनाइने भएको छ ।

बक्सरमा गंगा नदीमाथि दुई लेनको एक अर्को पुल बनाइने भएको छ । बिहारमा नयाँ एयरपोर्ट, मेडिकल कलेज र खेलकुद संरचना निर्माणमा विशेष लगानी गरिने भएको छ । बिहार सरकारलाई बहुपक्षीय विकास बैंकबाट बाह्य सहायताका लागि तीव्र रुपमा काम गरिने भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १२ : २१ बजे

देश बनाउन श्रमदान आवश्यक : हर्कराज राई

धरान (सुनसरी)- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा