सिमलताल दुर्घटना : केराबारीसम्म खोजी गर्दा केही वस्तु भेटिएको संकेत | Khabarhub Khabarhub

सिमलताल दुर्घटना : केराबारीसम्म खोजी गर्दा केही वस्तु भेटिएको संकेत


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33.5k
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महागनरपालिका-२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै असार २८ गते बिहान बगेर त्रिशूलीमा खसेका दुईवटा दुईवटा बस र यात्रुको खोजी जारी छ ।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूलीमा खसेका थिए ।

तर घटनाको ११ दिन बितिसक्दा पनि बस र अधिकांश यात्रु फेला पर्न सकिएको छैन । यद्यपि नेपाल र भारतकासमेत उद्धारकर्मीले खोजी गर्दा पनि उनीहरूको अवस्था खुल्न सकेको छैन ।

नेपालका सुरक्षाकर्मी साथै भारतबाट आएका प्राविधिक टोलीले घटनास्थल वरपर खोजी गरिरहेका छन् ।

दुर्घटनामा हराइरहेकामध्ये अहिलेसम्म २५ जनाको शव भेटिएको छ । खोजीकार्यमा संलग्न टोलीले सिमलतालबाट घुमाउनेदेखि देवघाट र काभ्रेघाटसम्म आफूलाई केन्द्रित गरेको छ ।

नेपाल र भारतको संयुक्त उद्धार टोलीले दुर्घटनास्थल सिमलतालदेखि केराबारीसम्म खोजी गर्ने क्रममा केही वस्तु भेटिएको संकेत पाएको जनाएको छ । तर अहिलेसम्म उक्त वस्तु बस या अरु नै केही हो भन्ने खुल्न सकेको छैन ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १२ : ५८ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन