सिमलताल दुर्घटना : केराबारीसम्म खोजी गर्दा केही वस्तु भेटिएको संकेत « Khabarhub

सिमलताल दुर्घटना : केराबारीसम्म खोजी गर्दा केही वस्तु भेटिएको संकेत


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33.5k
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महागनरपालिका-२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै असार २८ गते बिहान बगेर त्रिशूलीमा खसेका दुईवटा दुईवटा बस र यात्रुको खोजी जारी छ ।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूलीमा खसेका थिए ।

तर घटनाको ११ दिन बितिसक्दा पनि बस र अधिकांश यात्रु फेला पर्न सकिएको छैन । यद्यपि नेपाल र भारतकासमेत उद्धारकर्मीले खोजी गर्दा पनि उनीहरूको अवस्था खुल्न सकेको छैन ।

नेपालका सुरक्षाकर्मी साथै भारतबाट आएका प्राविधिक टोलीले घटनास्थल वरपर खोजी गरिरहेका छन् ।

दुर्घटनामा हराइरहेकामध्ये अहिलेसम्म २५ जनाको शव भेटिएको छ । खोजीकार्यमा संलग्न टोलीले सिमलतालबाट घुमाउनेदेखि देवघाट र काभ्रेघाटसम्म आफूलाई केन्द्रित गरेको छ ।

नेपाल र भारतको संयुक्त उद्धार टोलीले दुर्घटनास्थल सिमलतालदेखि केराबारीसम्म खोजी गर्ने क्रममा केही वस्तु भेटिएको संकेत पाएको जनाएको छ । तर अहिलेसम्म उक्त वस्तु बस या अरु नै केही हो भन्ने खुल्न सकेको छैन ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १२ : ५८ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना