बागमतीको मुख्यमन्त्रीमा बहादुरसिं लामाको दाबी पेश « Khabarhub

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिं लामाको दाबी पेश


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेश गरेका छन् ।

लामाले नेकपा एमाले र कांग्रेसका ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि मंगलबार दाबी पेश गरेका हुन् । ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् ।

माओवादीबाट निर्वाचित मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन आइतबार २ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

कांग्रेस र एमाले बराबर हैसियतमा बागमती सरकारमा सामेल हुन लागेका हुन्। कांग्रेसले मुख्यमन्त्रीसहित ६ र एमालेले बाँकी मन्त्रालय लिने सहमति भइसकेको छ ।

बागमती प्रदेशमा पहिलोपटक नेपाली कांग्रेसले नेतृत्व गर्दैछ । बहादुरसिं तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्दैछन् ।

कोशीमा शेरधन राई, हिक्मत कार्की, भीम आचार्य, उद्धव थापा र केदार कार्की मुख्यमन्त्री बनेका छन् ।

मधेशमा लालबावु राउन, सरोजकुमार यादव र सतिसकुमार सिंह मुख्यमन्त्री बन्दा बागमतीमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र शालीकराम जम्कट्टेल मुख्यमन्त्री बनेका छन् ।

गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, कृष्णचन्द्र पोखरेल, खगराज अधिकारी र सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्दा लुम्बिनीमा शंकर पोखरेल, कुलबहादुर केसी, डिल्लीराज चौधरी र जोखबहादुर महरा मुख्यमन्त्री बनेका छन् । सोमबार मात्रै लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

कर्णालीमा महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही, राजकुमार शर्मा र यामलाल कँडेल मुख्यमन्त्री भएका छन् । सुदूरपश्चिममा त्रिलोचन भट्ट, कमलबहादुर शाह र दीर्घ सोडारी मुख्यमन्त्री भएका छन् । यस्तोमा पहिलो पटक तामाङ समुदायबाट लामा मुख्यमन्त्री हुँदैछन्।

सहमतिअनुसार बागमतीमा पहिलो चरणमा कांग्रेस संसदीय दलका नेता लामा मुख्यमन्त्री बन्नेछन् । त्यसपछि एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री हुनेछन् । सहमतिअनुसार आर्थिक मामिला मन्त्रालय कांग्रेसले राख्दा भौतिक पूर्वाधार मन्त्रालय एमालेको भागमा परेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १ : २४ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले