बागमतीको मुख्यमन्त्रीमा बहादुरसिं लामाको दाबी पेश « Khabarhub

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिं लामाको दाबी पेश


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेश गरेका छन् ।

लामाले नेकपा एमाले र कांग्रेसका ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि मंगलबार दाबी पेश गरेका हुन् । ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् ।

माओवादीबाट निर्वाचित मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन आइतबार २ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

कांग्रेस र एमाले बराबर हैसियतमा बागमती सरकारमा सामेल हुन लागेका हुन्। कांग्रेसले मुख्यमन्त्रीसहित ६ र एमालेले बाँकी मन्त्रालय लिने सहमति भइसकेको छ ।

बागमती प्रदेशमा पहिलोपटक नेपाली कांग्रेसले नेतृत्व गर्दैछ । बहादुरसिं तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्दैछन् ।

कोशीमा शेरधन राई, हिक्मत कार्की, भीम आचार्य, उद्धव थापा र केदार कार्की मुख्यमन्त्री बनेका छन् ।

मधेशमा लालबावु राउन, सरोजकुमार यादव र सतिसकुमार सिंह मुख्यमन्त्री बन्दा बागमतीमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र शालीकराम जम्कट्टेल मुख्यमन्त्री बनेका छन् ।

गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, कृष्णचन्द्र पोखरेल, खगराज अधिकारी र सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्दा लुम्बिनीमा शंकर पोखरेल, कुलबहादुर केसी, डिल्लीराज चौधरी र जोखबहादुर महरा मुख्यमन्त्री बनेका छन् । सोमबार मात्रै लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

कर्णालीमा महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही, राजकुमार शर्मा र यामलाल कँडेल मुख्यमन्त्री भएका छन् । सुदूरपश्चिममा त्रिलोचन भट्ट, कमलबहादुर शाह र दीर्घ सोडारी मुख्यमन्त्री भएका छन् । यस्तोमा पहिलो पटक तामाङ समुदायबाट लामा मुख्यमन्त्री हुँदैछन्।

सहमतिअनुसार बागमतीमा पहिलो चरणमा कांग्रेस संसदीय दलका नेता लामा मुख्यमन्त्री बन्नेछन् । त्यसपछि एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री हुनेछन् । सहमतिअनुसार आर्थिक मामिला मन्त्रालय कांग्रेसले राख्दा भौतिक पूर्वाधार मन्त्रालय एमालेको भागमा परेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १ : २४ बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौं– नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार भएको

माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु

सिमकोट– हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको

कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्न- डिजिटल कांग्रेसमा नअटाएका देउवा- शेखरको बाटो कता सोझिएला ?

बिहीबार राति १२ बजेदेखि नेपाली कांग्रेसको डिजिटल क्रियाशील सदस्यता अद्यावधिक

रास्वपा बागमती प्रदेश अधिवेशनमा मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको