दाङमा जडीबुटी उत्पादन बढ्यो, सबैभन्दा धेरै टिमुर उत्पादन | Khabarhub Khabarhub

दाङमा जडीबुटी उत्पादन बढ्यो, सबैभन्दा धेरै टिमुर उत्पादन


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर, हर्रो, बर्रो, त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

 आर्थिक वर्ष २०८०-०८१ मा  ६ लाख किलो जडिबुटी उत्पादन भएको छ । गत आर्थिक वर्षमा निजी वनबाट सबैभन्दा धेरै टिमुर उत्पादन भएको थियो । उक्त आवमा टिमुर एक लाख ४९ हजार ६ सय ७० किलो, मालागेडी एक लाख ३९ हजार ६ सय २० किलो, रिठा ८३ हजार ८ सय ७० किलो, तेजपात ४३ हजार ४ सय ५० किलो, काउलो ३६ हजार ५ सय किलो, दालचिनी ३५ हजार २० किलो, कालिकाठ २९ हजार ३ सय ७० किलो उत्पादन भएको छ । 

वन डिभिजन कार्यालयका अनुसार  चुत्रो ९ सय ४० किलो, अमला ५ सय किलो, गुर्जो लहरा १ हजार किलो र तिगेडी ६ हजार ४ सय ६० किलो उत्पादन भएको छ । 

उक्त कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७८-०७९ मा रु ६ लाख ३८ हजार राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७९-०८० मा त्यो घटेर ५ लाख ६१ हजार ५ सयमा सीमित  भएको थियो । यद्यपि गत आर्थिक वर्ष २०८०-०८१ मा जडीबुटी संकलन इजाजत बापतको राजस्वमा केही सुधार भएको छ । उक्त अवधिमा रु ५ लाख ७६ हजार ७ सय राजस्व संकलन भएको छ । 

आर्थिक वर्ष २०७८-०७९ मा २९ हजार ५ सय ५० किलो टिमुर उत्पादन भएकामा आर्थिक वर्ष २०७९-०८० मा त्यो घटेर १३ हजार किलोमा झरेको थियो । आर्थिक वर्ष २०७८-०७९ मा दाङको राष्ट्रिय र निजी वनबाट २ लाख ४१ हजार ७ सय ४२ किलो काठ बेचिएको थियो ।  

टिमुरका लागि दाङ पकेट क्षेत्रका रुपमा  रहेको जिल्लाको बंगालाचुली गाउँपालिकासहित घोराही उपमहानगरपालिकाको वडा नम्बर १ र १८, तुलसीपुर उपमहानगरपालिकाको १९, शान्तिनगर गाउँपालिकालगायत पहाडी क्षेत्रमा पनि यसको उत्पादन आएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १ : ४३ बजे

मेची खोलामा डुबेर पुरुषको मृत्यु

भद्रपुर– यहाँको भद्रपुर नगरपालिका–३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको

नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुरमा नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ परेका छन्

दोधारा–चाँदनी सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छ : गृहमन्त्री 

दोधारा चाँदनी– गृहमन्त्री रमेश लेखकले दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह

थाइल्याण्डका भावी प्रधानमन्त्रीद्वारा नयाँ चुनावी प्रतिबद्धता

बैङ्कक- थाइल्याण्डका नयाँ प्रधानमन्त्रीले गठबन्धनमा फुटपछि बनेको अन्तरिम सरकारले नयाँ

भिक्टोरियामा पहिलोपटक इन्द्र जात्रा

मेलबर्न– भिक्टोरियामा पहिलोपटक आयोजित इन्द्र जात्रा (येन्या पुन्ही) महोत्सव नेवा गुथी,