रंगमञ्चमा वर्षाको डेब्यू पक्का | Khabarhub Khabarhub

रंगमञ्चमा वर्षाको डेब्यू पक्का


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  नायिका वर्षा राउतले नाटक ‘हिटलर आउँदैछ‘मा अभिनय गर्ने भएकी छन् । फिल्ममा सफल मानिएकी उनको यो डेब्यू नाटक हो । 

वर्षा नाटकका लागि अमेरिका पुगिसकेकी छन् । वर्षा केही महिना अगाडिसम्म फिल्म ‘तेल भिसा’ छायांकनका लागि अमेरिकामै थिइन् । नेपाल आएर फिल्म ‘मेयर’को छायांकनमा सहभागी भएर उनी पुन: अमेरिका फर्किएकी हुन् । 

सामाजिक सञ्जालमार्फत वर्षाले दर्जनौं फिल्मपछि रंगमञ्जको यात्रा सुरु भएको जानकारी दिएकी छिन् । साथै उनले यो अवसरका लागि धन्यवादसमेत दिएकी छन् । 

अगस्ट २३ मा नाटक ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा मञ्जन हुनेछ। नाटकको वल्र्ड प्रिमियर हुने बताइएको छ । अमेरिकाकै विभिन्न राज्य, अन्य देशसहित नेपाल र भारतमा मञ्चन गरिने हुने बताइएको छ । 

रंगमकर्मी विमल सुवेदीको निर्देशन रहने यस नाटकमा जोयस पाण्डेको मुख्य भूमिका रहेको छ । उनी फिल्म ‘साँघुरो’ का निर्देशक हुन्। नाटकका लेखक विमल र जोयश हुन्। 

नाटकमा नेपालीभाषी भुटानी, विदेशमा रहेका नेपाली र उनीहरूको सन्तानले भोगेको मानसिक तथा पहिचानको संकट समेटिने बताइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : ४८ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले