सरकारले विपद्का घटनामा बेपत्ता भएकाको परिवारलाई पनि मृतकसरह नै राहत उपलब्ध गराउने « Khabarhub

सरकारले विपद्का घटनामा बेपत्ता भएकाको परिवारलाई पनि मृतकसरह नै राहत उपलब्ध गराउने


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपत्तिमा परेर बेपत्ता भएकाहरूको अवस्था पत्ता नलागे परिवारलाई सरकारले मृतकसरह नै राहत उपलब्ध गराउने निर्णय गरेको बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले गत जेठ २८ देखि विभिन्न विपद्का घटनामा परी बेपत्ता भएकाहरूको अवस्था पत्ता नलागे परिवारलाई मृतकसरह नै राहत उपलब्ध गराउने निर्णय गरेको बताएका हुन् ।  

गृहमन्त्री लेखकले गत जेठ २८ देखि हालसम्म १ हजार ५९२ विपद्का घटनाहरू भएका र त्यसक्रममा १३० जनाको मृत्यु तथा १४४ जना घाइते भएका बताए । उनकाअनुसार ती विपद्का घटनाहरूमा त्यस्तै ४८ जना बेपत्ता भएका पनि संसदलाई जानकारी गराए । 

यस वर्षको बाढी–पहिरोबाट देशभर २३१ घर र ८४ गोठमा क्षति पुगेको, ४३ वटा पुल र २ वटा सरकारी भवन भत्किएको पनि गृहमन्त्री लेखकले संसदलाई जानकारी दिए । ४ हजार ४ परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित स्थानमा सारिएको पनि उनले बताए ।

प्राकृतिक विपद्बाट देशका ७७ वटै जिल्ला प्रभावित भएका र  विपद्पछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको लेखकको भनाइ छ ।

विपद्का घटनामा मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको गृहमन्त्री लेखकले जानकारी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ३ : १३ बजे

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको

जसपा नेपालले घेर्‍यो देशैभरका जिल्ला प्रशासन कार्यालय

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडि

सचिवमा उम्मेदवारी दिँदै नवौँ महाधिवेशनकी कान्छी केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले आगामी एघारौँ महाधिवेशनमा