नेप्से ७५ अंकले बढ्दा पनि २० कम्पनीको शेयर मूल्य घट्यो   | Khabarhub Khabarhub

नेप्से ७५ अंकले बढ्दा पनि २० कम्पनीको शेयर मूल्य घट्यो  


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) नयाँ सरकार आउने चर्चा चलेदेखि सरकार गठन भएयता बुल ट्रेन्डमा छ । लामो समयसम्म नेप्सेले २२ सयको विन्दुलाई पार गर्न नसकिरहेको अवस्थामा अहिले भने नेप्सेले २५ सयको विन्दुसमेत पार गरेको छ । 

आज मंगलबार नेप्सेको बुल ट्रेन्ड कायम रहँदा नेप्से ७५.३३ अंकले बढ्दा पनि २० कम्पनीको शेयर मूल्य भने घटेको छ । पुरा बजार आज एकै दिन ३.०२ प्रतिशतले बढेर २५६३.४३ विन्दुमा पुग्दा २० कम्पनीको शेयर भने घटेको हो । 

आज १४ अर्ब बढीको कारोबार हुँदा २२० कम्पनीको शेयर मूल्य भने बढेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने सोमबारकै मूल्य नै कायम छ ।
मंगलबार १३ वटा समूहमध्ये सबै समूह बढ्दा बीमा समूहमा उछाल आएको छ । आज एकैदिन जीवन बीमा समूह ५१८.९९ अंकले बढेर १२ हजार १७०.३४ विन्दुमा र निर्जीवन बीमा समूह ५२५.०७ अंकले बढेर १२ हजार ५२०.०१ विन्दुमा पुगेको छ । 

समूहअन्तरगत बढ्ने प्रतिशतको आधारमा सबैभन्दा बढी ट्रेडिङ समूह ५.०६ प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्यूचअल फण्ड १.११ प्रतिशतले बढेको छ । आज ३१७ वटा कम्पनीको शेयर कारोबार हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर १ लाख ७१ हजार ३८७ पटक किनबेच भएको छ । 

आज एकैदिन ७ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने बाँकी २ कम्पनीको शेयर पनि साढे ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

 आज कारोबार भएकामध्ये ५ भन्दा बढी कम्पनीको शेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । गणपति लघुवित्तको शेयर ५.८३ प्रतिशतले घटेर १९३७ रुपैयाँ ३० पैसा कायम भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ३ : २० बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो