नेप्से ७५ अंकले बढ्दा पनि २० कम्पनीको शेयर मूल्य घट्यो   « Khabarhub

नेप्से ७५ अंकले बढ्दा पनि २० कम्पनीको शेयर मूल्य घट्यो  


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) नयाँ सरकार आउने चर्चा चलेदेखि सरकार गठन भएयता बुल ट्रेन्डमा छ । लामो समयसम्म नेप्सेले २२ सयको विन्दुलाई पार गर्न नसकिरहेको अवस्थामा अहिले भने नेप्सेले २५ सयको विन्दुसमेत पार गरेको छ । 

आज मंगलबार नेप्सेको बुल ट्रेन्ड कायम रहँदा नेप्से ७५.३३ अंकले बढ्दा पनि २० कम्पनीको शेयर मूल्य भने घटेको छ । पुरा बजार आज एकै दिन ३.०२ प्रतिशतले बढेर २५६३.४३ विन्दुमा पुग्दा २० कम्पनीको शेयर भने घटेको हो । 

आज १४ अर्ब बढीको कारोबार हुँदा २२० कम्पनीको शेयर मूल्य भने बढेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने सोमबारकै मूल्य नै कायम छ ।
मंगलबार १३ वटा समूहमध्ये सबै समूह बढ्दा बीमा समूहमा उछाल आएको छ । आज एकैदिन जीवन बीमा समूह ५१८.९९ अंकले बढेर १२ हजार १७०.३४ विन्दुमा र निर्जीवन बीमा समूह ५२५.०७ अंकले बढेर १२ हजार ५२०.०१ विन्दुमा पुगेको छ । 

समूहअन्तरगत बढ्ने प्रतिशतको आधारमा सबैभन्दा बढी ट्रेडिङ समूह ५.०६ प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्यूचअल फण्ड १.११ प्रतिशतले बढेको छ । आज ३१७ वटा कम्पनीको शेयर कारोबार हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर १ लाख ७१ हजार ३८७ पटक किनबेच भएको छ । 

आज एकैदिन ७ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने बाँकी २ कम्पनीको शेयर पनि साढे ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

 आज कारोबार भएकामध्ये ५ भन्दा बढी कम्पनीको शेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । गणपति लघुवित्तको शेयर ५.८३ प्रतिशतले घटेर १९३७ रुपैयाँ ३० पैसा कायम भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ३ : २० बजे

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि