निर्माण व्यवसायीका मागप्रति सरकार सकारात्मक छ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

निर्माण व्यवसायीका मागप्रति सरकार सकारात्मक छ : उपप्रधानमन्त्री सिंह


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति आफू सकारात्मक रहेको बताएका छन् ।

आज नेपाल निर्माण व्यवसायी महासंघकातर्फबाट मन्त्री सिंहलाई बधाई दिन पुगेको टोलीसँगको भेटमा सिंहले यस्तो बताएका हुन् । 

सिंहले निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर हुने भन्दै निर्माण व्यवसायीलाई पनि आयोजनाहरू समयमै सम्पन्न गर्ने गरि काम गर्न आग्रह गरे ।

उपप्रधानमन्त्री सिंहलाई बधाई दिँदै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको विषयमा ध्यानाकर्षण गराएका थिए । 

सो क्रममा उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरूले राखेका जायज माग सम्बोधन गर्न सकारात्मक रहेको भन्दै अब  लामो कुरा भन्दा काम गरेर देखाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ३ : ३७ बजे

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल