निर्माण व्यवसायीका मागप्रति सरकार सकारात्मक छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

निर्माण व्यवसायीका मागप्रति सरकार सकारात्मक छ : उपप्रधानमन्त्री सिंह


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति आफू सकारात्मक रहेको बताएका छन् ।

आज नेपाल निर्माण व्यवसायी महासंघकातर्फबाट मन्त्री सिंहलाई बधाई दिन पुगेको टोलीसँगको भेटमा सिंहले यस्तो बताएका हुन् । 

सिंहले निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर हुने भन्दै निर्माण व्यवसायीलाई पनि आयोजनाहरू समयमै सम्पन्न गर्ने गरि काम गर्न आग्रह गरे ।

उपप्रधानमन्त्री सिंहलाई बधाई दिँदै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको विषयमा ध्यानाकर्षण गराएका थिए । 

सो क्रममा उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरूले राखेका जायज माग सम्बोधन गर्न सकारात्मक रहेको भन्दै अब  लामो कुरा भन्दा काम गरेर देखाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ३ : ३७ बजे

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको