पूर्वमन्त्री राय हत्या प्रकरण : अनुसन्धानमा खटियो सीआईबी, फरार तीन जनाको खोजी हुँदै « Khabarhub

पूर्वमन्त्री राय हत्या प्रकरण : अनुसन्धानमा खटियो सीआईबी, फरार तीन जनाको खोजी हुँदै


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले सर्लाही निवासी पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्याबारे छानबिन अघि बढेको बताएका छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपलिका–१ मा सोमबार राति भएको रायको हत्याबारे गृहमन्त्री लेखकले मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा जवाफ दिएका हुन् ।

उनले घटना हुनुअघि घरमा आएका तीन जना शंकास्पद व्यक्तिहरूको खोजी प्रहरीले गरिरहेको पनि खुलाएका छन् ।

राप्रपाका नेता राय सोमबार बिहान आफ्नै घरको कोठमा रगताम्य अवस्थामा मृत भेटिएका थिए ।

लेखकले उक्त घटनापछि उनको घरमा काम गर्ने सर्लाहीकै कविलासी नगरपालिकाका २१ वर्षीय रामउज्जैन रायलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको बताए ।

‘उनलाई आवश्यक अनुसन्धान र सोधपुछका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ’, लेखकले भने, ‘तीनजना फरारको खोजतलास भइरहेको छ ।’

लेखका अनुसार मधेश प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान गरिरहेको छ ।

८० वर्षीय रायको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ । अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर खटाएको छ । रायको हत्यामा प्रयोग हतियार प्रहरीले घटनास्थलबाट बरामद गरिसकेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ४ : ०४ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका