सुदन किरातीको टिप्पणी- काशी जान मिलेका कांग्रेस-एमाले कुतीको बाटो लागे « Khabarhub

सुदन किरातीको टिप्पणी- काशी जान मिलेका कांग्रेस-एमाले कुतीको बाटो लागे


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओ‌वादी केन्द्रका सांसद सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रको धज्जी उडाएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले वर्तमान सरकारको चित्र हेर्दा संसदीय लोकतन्त्र र समावेशी सिद्धान्तको धज्जी उडाएको टिप्पणी गरेका हुन् ।

काशी जान्छु भनेर निर्माण भएको कांग्रेस–एमाले गठबन्धन सरकार कुतीको बाटोमा लागेको भन्दै किरातीले कटाक्ष पनि गरेका छन् ।

पूर्वपर्यटनमन्त्री किरातीले लोकतन्त्रमा संख्या मात्रै सबै कुरा नहुने दाबी गरे ।

प्रमुख प्रतिपक्षीलाई सानो हेप्न खोजिएको पनि उनले गुनासो गरे। लोकतन्त्रमा संख्या भन्दा मुद्दाले स्थान पाउनुपर्ने उनले बताए । ‘सांसदहरूको संख्याले सबै कुरा हुने भए किन महाकाली सन्धिमा राष्ट्रघात भयो ?’, उनले प्रश्न गरे ।

‘काशी जान्छु भनेर बनेको सरकार कुतीको बाटो लागेको छ । यो देश तीन करोड नेपालीको हो । हाम्रो पनि हो । प्रतिपक्षी सानो छ भनेर ठूलो स्वरले हेप्न थालिएको छ’, उनले भने, ‘लोकतन्त्रमा आकारले होइन, मुद्दाले स्थान पाउँछ । आकारले नै सबै हुने भए महाकाली सन्धिमा राष्ट्रघात किन राष्ट्रघात भयो ?’

नेता किरातीले निवर्तमान सरकारको पालामा छानबिनमा तानिएकालाई वर्तमान सरकारले मन्त्री बनाएर उपहार दिएको टिप्पणी गरे ।

‘वर्तमान सरकार सुशासनको मुद्दा, राष्ट्रिय आवश्यकता र जनताको आकांक्षालगायतविरुद्ध रहेको कुरा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा प्रष्ट भइसकेको छ’, उनले भने ।

उनले हिजो भ्रष्टाचारमा तानिएकाहरू आज मन्त्री भएको भन्दै एमाले र कांग्रेसको कटाक्ष गरे ।

‘सरकार बदलिएसँगै धेरै कुरा बदलिएको छ । हिजो छानबिन उठ्दा केही मान्छे सीमा नाघ्यो भन्थे, देश छोड भन्थे । पुरस्कारस्वरुप आज उनीहरू ठूला मन्त्री भएका छन् ’, किरातीले भने, ‘सुशासनको मुद्दा, राष्ट्रिय आवश्यकता र जनताको आकांक्षा प्रधानमन्त्रीज्यूको हिजोको भाषणबाटै थाहा भयो । यहाँहरूले जनतालाई मुर्ख बनाउनु भएको छ । संविधान संशोधनको जामा लगाउनु भएको छ ।’

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ४ : १७ बजे

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका