प्रभु बैंक र टिस्टुङ्ग रिसोर्टबीच सम्झौता « Khabarhub

प्रभु बैंक र टिस्टुङ्ग रिसोर्टबीच सम्झौता


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रभु बैँकका कर्मचारीहरू तथा ग्राहकलाई टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । 

आज एक समारोहबीच सम्पन्न सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन, सन्त महर्जन र प्रभु  बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ म्यानेजर सविनशम्शेर राणाले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार प्रभु  बैंकका कर्मचारी तथा ग्राहकहरूले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सेवामा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

उक्त रिसोर्ट मकवानपुरको उत्तरी भेगमा अवस्थित रहेको छ भने काठमाडौं उपत्यकाबाट दक्षिण पश्चिमको भागसँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ । विभिन्न जातजातीहरुको बसोवास रहेको यो स्थान समुद्री सतहबाट १७०३ मी. उचाइमा रहेको छ । 

‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंक नेपालभर ३०७ शाखा कार्यालयहरू, २८३ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरूलाई सेवा दिँदै आएको छ । 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ४ : ४४ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ