बेलायतमा महिलाविरुद्धको हिंसा ‘राष्ट्रिय आपतकाल’ « Khabarhub

बेलायतमा महिलाविरुद्धको हिंसा ‘राष्ट्रिय आपतकाल’


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

लण्डनइङ्ग्ल्यान्ड र वेल्समा दैनिक लगभग तीन हजार महिला हिंसाका अपराधहरू दर्ता भएसँगै यो एक ‘राष्ट्रिय आपतकाल’ भएको मंगलबार प्रकाशित गरेको नयाँ प्रतिवेदनमार्फत प्रहरीले जनाएको छ । 

दुई कानून प्रवर्तन निकायद्वारा गरिएको अध्ययनले प्रत्येक वर्ष १२ जना महिलामध्ये कम्तिमा एक जना महिला हिंसाको सिकार हुने अनुमान गरेको छ । 

‘महिला र बालिका विरुद्धको हिंसा राष्ट्रिय आपतकाल हो’, वरिष्ठ प्रहरी प्रमुख म्यागी ब्लिथले प्रतिवेदनसँगको टिप्पणीमा भने। 

सन् २०२२ देखि २०२३ सम्ममा महिला र बालिका विरुद्ध दश लाखभन्दा बढी हिंसात्मक अपराध प्रहरीमा दर्ता भएको अध्ययनले जनाएको छ । 

प्रतिवेदनले सन् २०१८-२०१९  देखी गत वर्षसम्म महिला र बालिका विरुद्धको हिंसामा ३७ प्रतिशतले वृद्धि भएको जनाएको छ ।  सन् २०१३ देखी सन् २०२२ को बीचमा बाल यौन दुर्व्यवहार र शोषणका अपराधहरू ४३५ प्रतिशतले बढेको प्रतिवेदनले जनाएको छ । 

प्रतिवेदनले ८५ प्रतिशत हिंसा र उत्पीडन अनलाइनसँग सम्बन्धित रहेको बताएको छ । बेलायतको आन्तरिक मामिला मन्त्रालयले गत वर्ष फेब्रुअरीमा महिला र बालिका विरुद्धको हिंसालाई सार्वजनिक सुरक्षाका लागि राष्ट्रिय खतरा घोषणा गरेको थियो । 

गत वर्ष ४ हजार ५०० भन्दा बढी नयाँ अधिकारीहरूलाई बलात्कार र गम्भीर यौन अपराधहरूको अनुसन्धान गर्न प्रशिक्षण दिइएको थियो । 

सन् २०२२ डिसेम्बर को अन्त्यदेखि २०२३ डिसेम्बरको अन्त्यसम्म वयस्क बलात्कारको आरोपमा ३८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : २५ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा