बाढीले कञ्चनपुरमा करोडौँको क्षति « Khabarhub

बाढीले कञ्चनपुरमा करोडौँको क्षति


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – असार तेस्रो साताको बाढीबाट जिल्लामा एक अर्ब ५० करोडको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो।

‘बाढी र डुबानबाट भएको क्षतिको मूल्याङ्कन गरेर यहाँका कार्यालयलाई विवरण पठाउन भने बमोजिम हामीलाई क्षतिको विवरण प्राप्त भएको छ। जिल्लाभर एक अर्ब ५७ करोड १० लाख २१ हजार चार सय २९ मूल्य बराबरको क्षति भएको छ”, निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले भने।

कृषि क्षेत्रमा ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ बराबरको क्षति भएको छ भने महाकाली सिँचाइ व्यवस्थापन कार्यालयमा २९ करोड २२ लाख, महाकाली सिँचाइ तेस्रो चरण कार्यालयमा दुई करोड ३२ लाख ५२ हजार नौ सय, सडक डिभिजन कार्यालयमा तीन करोड ८८ लाख ७० हजार, पूर्वाधार विकास कार्यालयतर्फ सात करोड १९ लाख ७५ हजार बराबरको क्षति भएको छ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा र २२ लाख, जनताको तटबन्ध कार्यालयको रु ४७ करोड ४२ लाख ८३ हजार नौ सय ८३, घरेलु तथा साना उद्योग कार्यालयको १७ लाख ६५ हजार, कृषि ज्ञान केन्द्रको ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ र पशुधनमा एक करोड २३ लाख ९१ हजार गरी जम्मा एक अर्ब ६७ करोड १० लाख २१ हजार चार सय २९ बराबरकोे क्षति भएको छ। बाढीका कारण कञ्चनपुरमा चारजनाको मृत्यु भएको थियो।

असार २३ र २४ गते कञ्चनपुरमा भीषण वर्षा भएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि देशमा त्यति धेरै पानी कहिल्यै परेको थिएन। भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर आएको मौसमविद्को टोलीले पनि कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ७ : २७ बजे

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा बाँकेबाट एक जना पक्राउ

बाँके – १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बाँके

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री