सहकारी रकम अपचलनमा रवि लामिछानेसँग बयान लिँदै संसदीय समिति | Khabarhub Khabarhub

सहकारी रकम अपचलनमा रवि लामिछानेसँग बयान लिँदै संसदीय समिति


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारीको रकम अपचलन भएको सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिँदैछ ।

सहकारीको रकम अपचलनको आरोप लागेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई समितिले शुक्रबार बयानका लागि बोलाएको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्त्वको सरकारका तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सरकारीको रकम अपचलनको आरोप लागेपछि तत्कालीन प्रतिपक्षी दल कांग्रेसले छानबिनका लागि संसदीय समिति बनाउन माग गरेको थियो ।

लामो रस्साकस्सीपछि एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वमा बनेको समितिले लामिछानेलाई बयानका लागि बोलाएको हो ।

लामिछानेमाथि गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप छ । समितिले लामिछानेलाई दिउँसो २ बजे बयानका लागि बोलाएको हो।

जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहारा र बुटवलको सुप्रिमसहितका सहकारीबाट कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ ल्याएर अपचलन भएको प्रहरी अनुसन्धानमा देखिएको छ। लामिछानेले भने यसलाई अस्वीकार गर्दै आएका छन् ।

समितिले लामिछाने भन्दा अगाडि बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग पनि बयान लिँदैछ ।

सांसद थापाको नेतृत्वमा बनेको समितिले तीन महिनादेखि सहकारी बचत हिनामिनाको विषयमा छानबिन जारी राखेको छ । समितिले अहिलेसम्म सहकारी सञ्चालक, नियमन निकाय र संघसंस्थाका पदाधिकारी गरेर ५० बढी व्यक्तिसँग बयान लिइसकेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ८ : २९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग