सहकारी रकम अपचलनमा रवि लामिछानेसँग बयान लिँदै संसदीय समिति « Khabarhub

सहकारी रकम अपचलनमा रवि लामिछानेसँग बयान लिँदै संसदीय समिति


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारीको रकम अपचलन भएको सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिँदैछ ।

सहकारीको रकम अपचलनको आरोप लागेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई समितिले शुक्रबार बयानका लागि बोलाएको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्त्वको सरकारका तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सरकारीको रकम अपचलनको आरोप लागेपछि तत्कालीन प्रतिपक्षी दल कांग्रेसले छानबिनका लागि संसदीय समिति बनाउन माग गरेको थियो ।

लामो रस्साकस्सीपछि एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वमा बनेको समितिले लामिछानेलाई बयानका लागि बोलाएको हो ।

लामिछानेमाथि गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप छ । समितिले लामिछानेलाई दिउँसो २ बजे बयानका लागि बोलाएको हो।

जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहारा र बुटवलको सुप्रिमसहितका सहकारीबाट कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ ल्याएर अपचलन भएको प्रहरी अनुसन्धानमा देखिएको छ। लामिछानेले भने यसलाई अस्वीकार गर्दै आएका छन् ।

समितिले लामिछाने भन्दा अगाडि बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग पनि बयान लिँदैछ ।

सांसद थापाको नेतृत्वमा बनेको समितिले तीन महिनादेखि सहकारी बचत हिनामिनाको विषयमा छानबिन जारी राखेको छ । समितिले अहिलेसम्म सहकारी सञ्चालक, नियमन निकाय र संघसंस्थाका पदाधिकारी गरेर ५० बढी व्यक्तिसँग बयान लिइसकेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ८ : २९ बजे

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले