भोगाधिकार विवादले घोडाघोडीमा अस्पताल बन्न सकेन | Khabarhub Khabarhub

भोगाधिकार विवादले घोडाघोडीमा अस्पताल बन्न सकेन


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कैलाली – जमिनको भोगाधिकार विवाद समाधान नहुँदा घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको नगर अस्पताल भवन अलपत्र परेको छ।

घोडाघोडी नगपालिका प्रमुख खडकबहादुर रावतले जमिन भोगाधिकार नगरपालिकामा कायम गर्न नभएकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिँदै सकारात्मक परिणाम आउनेमा आफू विश्वस्त रहेको बताए।

जमिनको स्वामित्व निक्र्योल नगरी सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गरेका थिए। सोही अनुरुप घोडाघोडी नगरपालिकाले पनि वडा नम्बर २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय भएको हो।

नगर अस्पताल निर्माणको सम्झौता राजेन्द्र निर्माण सेवा प्रालि डडेलधुरासँग गरिएको थियो। कम्पनीले नौ करोड ८६ लाख पाँच हजार पाँच सय ७० मा दुई वर्षभित्र भवन निर्माण गर्न २०७८ वैशाख २९ गते सम्झौता गरेको थियो। अस्पताल भवन निर्माण अलपत्र परेपछि पालिकाले स्वास्थ्यचौकीको भवनमा नगर अस्पताल सञ्चालन गरेको छ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ९ : ५२ बजे

स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी

कांग्रेस दोलखाको सय दिने अभियान : अबका चुनावमा कसैसँग गठबन्धन नगर्ने 

दोलखा– नेपाली कांग्रेस दोलखाको सय दिने अभियान अन्तर्गत ९ वटै

सुनको मूल्य सामान्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

 काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य १०० रुपैयाँले बढेको छ

‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’

चितवन– बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले पुरातात्विकस्थलको संरक्षण राज्यको

बेनी बजार चिनाउने माध्यम : ‘सङ्गीत, संस्कृति र प्रकृति’

म्याग्दी– कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी