डि–म्याट खाता भनेको के हो ? « Khabarhub

खबरहब शेयर शिक्षा श्रृङ्खला -४

डि–म्याट खाता भनेको के हो ?


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारमा प्रवेश गर्न वा संगठित संस्थाको शेयर खरिद बिक्रीमा सहभागी हुन अभौतिकीकरण अर्थात् डि–म्याट खाता अनिवार्य छ । कुनै संगठित संस्थाको शेयर खरिद गरेर त्यसलाई विद्युतीय रूपमा सुरक्षित गर्न यस्तो खाताको आवश्यकता पर्छ ।

डि–म्याट खाता त्यस्तो खाता हो जसमा लगानीकर्ताहरूले आफ्नो शेयरलाई अभौतिक रूपमा राख्न सक्छन् । परिभाषाको हिसाबले हेर्दा विभिन्न संगठित संस्था अथवा कम्पनीले आफ्ना शेयरधनीहरूले धारण गरेको शेयरलाई विद्युतीय रूपमा भण्डार गर्न तयार गरिएको खातालाई डि–म्याट खाता भनिन्छ । डिम्याट गर्नु भनेको भौतिक वा कागजी शेयरलाई विद्युतीय रूपमा राख्ने प्रक्रिया अथवा शेयरलाई अभौतिकीकरण रूपमा भण्डारण गर्नु हो ।

अहिले सामान्यतया सबै सरकारी तथा गैरसरकारी क्षेत्रका तथ्यांकहरू डिजिटल रूपमा राख्ने र त्यसको स्वचालित प्रणालीबाट अद्यावधिक गर्ने अभ्यास हुँदै गएको छ । साथै, विश्वभरी नै कागजविहीन शेयर कारोबारको विकास भइरहेको देख्न सकिन्छ ।

नेपालमा ०७३ साउन १ गतेदेखि यस्तो खाता प्रयोगमा आएको हो । सुरूमा काठमाडौं उपत्यका र पछि देशैभरी कार्यान्वयनमा आएको डि–म्याट खाता शेयर खरिद गर्दा दरखास्त फारममा अनिवार्य भर्नुपर्ने, शेयर जम्मा गर्नुपर्ने र शेयर कारोबारका लागि प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो खातामा शेयर, ऋणपत्र, म्युचल फन्ड इकाई लगायतका लगानीका इकाईहरूलाई डिजिटल रूपमा भण्डारण गर्न सकिन्छ ।

डिम्याट खाता खोल्न व्यक्तिको नाम, नागरिकताअनुसारको तीनपुस्ते विवरण, ठेगाना, मोबाइल नम्बर, ईमेल, बैंक खाता नम्बर, पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपि, ठेगाना आदि लगायतका व्यक्तिगत विवरण अनिवार्य आवश्यक पर्छ । साथै स्थायी लेखा नम्बर र इच्छाइएको व्यक्ति सम्बन्धी विवरण पनि डिम्याट खाता खोल्दा एच्छिक विवरणको रूपमा आवश्यक पर्छ ।

डि–म्याट खाता व्यक्तिगत, संयुक्त, नाबालाक, संस्थागत र एनआरएन गरी पाँच प्रकारका रहेका छन् । सीडीएससीमा आवद्धमध्ये केही डीपीले डि–म्याट खाता अनलाईन रूपमा पनि खोल्ने सुविधा पनि दिएका छन् ।

नेपाल धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजेटरी पार्टिसिपेन्ट अर्थात् डीपी) सेवाको अनुमति प्राप्त गरेका कम्पनीमा डि–म्याट खाता खोल्न सकिन्छ । धितोपत्र दलाल, बैंक तथा वित्तीय संस्था, मर्चेण्ट बैंकर लगायतमा यस्तो खाता खोल्न सकिन्छ ।

डि–म्याट खाता खोल्नको लागि तोकिएको विवरण भरेर आवश्यक कागजात बुझाइसकेपछि विवरणलाई सिडिएससीको प्रणालीमा प्रविष्ट गरिन्छ । त्यसपछि सिडिएससीले विवरणलाई प्रमाणित गरेर भेरिफिकेसन पत्र उपलब्ध गराउँछ ।

विवरण प्रमाणिकरण भइसकेपछि सिडिएससीले डिम्याट खाता सिर्जना गरिदिएर १६ अंकको डि–म्याट नम्बर उपलब्ध गराउँछ । त्यसपछि सोही नम्बरमा आधारित रहेर शेयर खरिद गरी डिजिटल रूपमा जम्मा गर्न र बिक्री गर्ने कार्य गर्न सकिन्छ ।

भौतिक रूपमा हुने प्रमाणपत्रहरू च्यातिने र हराउने जोखिम डि–म्याट खातामा हुँदैन, साथै शेयर कारोबारको प्रक्रियामा सो खाताको माध्यमबाट शेयरको शीघ्र वितरण र हस्तान्तरण गर्न सकिन्छ । पोर्टफोलियोको व्यवस्थापन र धितोपत्रहरूको बन्धकी कारोबारमा पनि सहजता हुन्छ ।

तर, लगानीकर्ताहरूले आफ्नो डि–म्याट खातामा भएको शेयरलाई भौतिकीकरण अर्थात् पुनः कागजीकरण गरेर पनि राख्न सक्ने प्रावधान समेत रहेको छ ।

यो पनि-

प्राथमिक र द्वितीय शेयर बजार भनेको के हो ?

शेयर बजार भनेको के हो ?

शेयर के हो ? थाहा पाउनोस्

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १२ : १८ बजे

श्रीमतीसहित विदेश गएका देउवा एक्लै नेपाल फर्किए

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि बिहीबार नेपाल फर्किएका

कागबेनी-छुसाङ सडक निर्माण सुरु

मुस्ताङ– छुसाङ-कागबेनी १० किलोमिटर सडक  निर्माण सुरु भएको छ । 

महाकाली करिडोर : डेढ दशकमा छ किलोमिटर कालोपत्र

कञ्चनपुर– सरकारले कञ्चनपुरको बह्मदेवदेखि नेपाल-चीन सिमाना तिंकरसम्म जोड्ने ध्येयकासाथ डेढ

पाँच महिनापछि काठमाडौंमा उत्रिए देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि नेपाल

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर