धरानबाट १४२० किलो गाँजासहित दुई जना पक्राउ « Khabarhub

धरानबाट १४२० किलो गाँजासहित दुई जना पक्राउ


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

धरान- प्रहरीले ठूलो परिमाणमा धरानबाट गाँजा बरामद गरेको छ । धरान–१३ सारंगा मोडबाट प्रहरीले १४२० किलो गाँजा बरामद गरेको हो ।

बिहीबार धनकुटाबाट ट्रकमा ढुवानी गरेर धरान ल्याउँदै गरेको बेला गाँजा बरामद गरेको हो । तयारी अवस्थाका गाँजा सहित प्रहरीले मोरङको सुन्दर हरैँचा–७ गछिया बस्ने ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभुमी गाउँपालिका–७ बस्ने ४१ वर्षीय भूपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ ।

धरान र धनकुटाको सीमानामा पर्ने भेडेटार चेक पोस्ट समेत पार गरेर धरान तिर ठूलो परिमाणमा गाँजा ल्याइरहेको सूचना थाहा पाएपछि इलाका प्रहरी कार्यालय धरानका प्रहरी टोलीले सारंगा मोडमा को १ ख ४७३३ नम्बरको ट्रक रोकेका थिए ।

रोकिएको ट्रकमा खानतलासी गर्दा सागसब्जी फलफूल तरकारी तथा मुलाका केही बोराले छोपिएको अवस्थामा ४४ सेता बोरामा गाँजा बरामद गरिएको थियो ।  बरामद गाँजा हालसम्मको ठुलो परिमाण भएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशमा सबैभन्दा बढी गाँजा खेती धनकुटाको शहीदभूमि गाउँपालिकामा हुने गरेको छ । त्यहाँ तयार पारिएको गाँजा नेपालमा खपत नभई भारतीय बजारमा तस्करी हुने गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १२ : २६ बजे

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं– शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले