भारतीय प्रधानमन्त्री मोदी युक्रेनमा, राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता हुने « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी युक्रेनमा, राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता हुने


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुससँग युद्धरत मुलुक युक्रेन पुगेका छन् । उनी पोल्यान्ड हुँदै शुक्रबार युक्रेनको राजधानी किभ पुगेका हुन् । रुस र युक्रेनबीचको युद्धका कारण सुरक्षालाई मध्यनजर गर्दै मोदी ट्रेनमार्फत् पोल्यान्ड पुगेका थिए ।

मोदीले युक्रेनका राष्ट्रपति भ्लादिमीर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । जेलेन्स्कीसँगको भेटअघि उनले पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँगको कुराकानीमा भारत शान्ति र स्थिरता बहालका लागि हर सम्भव तयार रहेको बताएका थिए ।

कुनै पनि समस्याको समाधान युद्धको मैदानबाट गर्न नसकिने भारतीय प्रधानमन्त्री मोदीको भनाइ थियो । युक्रेन यात्राभन्दा झण्डै डेढ महिना अघि उनले रूसको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १२ : ५४ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज