फिल्म ‘लाज शरणम्’मा ‘कक्रोच’को पनि अभिनय रहेने « Khabarhub

फिल्म ‘लाज शरणम्’मा ‘कक्रोच’को पनि अभिनय रहेने


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टेलिसिरियल ‘सक्किगोनो’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’मा हरिस निरौला ‘कक्रोच’को प्रवेश भएको छ ।

निर्माण पक्षले फिल्म घोषणाको एक महिनापछि कक्रोच अनुबन्ध भएको जानकारी दिएको हो । यद्यपि उनको भूमिकाबारे केही खुलाइएको छैन ।

साउन ४ गते आयोजना गरिएको सो कार्यक्रममा कार्य व्यस्तताका कारण क्रकोच उपस्थित थिएनन् । कार्यक्रममा सक्किगोनीका कलाकारहरु सागर लम्साल ‘बले’, अर्जुन घिमिरे ‘पाँडे’, र कमलमणी नेपाल ‘खुपीका बाउ’को फिल्ममा अभिनय रहने जानकारी दिइएको थियो ।

१२ वर्षपछि फिल्ममा मुकुन्दः कुनै बेला पोस्टरमा फोटो राख्दा फिल्म चल्थ्यो

टिम बाहिरबाट मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बूको अभिनय रहने र बाँकी कलाकार बिस्तारै सार्वजनिक गर्ने बताइएको थियो ।

सक्किगोनीका पूर्वकलाकार प्रियना आचार्य ‘मुन्नी’ले ‘लाज शरणम्’बाटै फिल्ममा डेब्यू गर्ने पक्का भएको छ । उनी र निर्माण पक्षबीच कागजी सम्झौता भइसकेको छ । फिल्ममा रामभजन कामत, बबिन राई ‘गल्फने बाजे’, अभिनेता महेश दवाडी र अभिनेत्री रेनु नाथ योगी अनुबन्ध भइ सकेका छन् ।

हाल कलाकार चयनसँगै फिल्मको प्री-प्रोडक्सनको काम भइरहेको छ । आगामी भदौ तेस्रो साताबाट छायांकनमा निस्कने योजनामा निर्देशक कुमार कट्टेल ‘जिग्री’ रहेका छन् ।

जेपीटी क्रियसनको ब्यानरमा निर्माण हुने फिल्ममा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह–निर्माताको रुपमा रहेका छन् ।

फिल्मको प्रदर्शन मिति फागुन १४ गते महाशिवरात्रीलाई तोकिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ४ : १६ बजे

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्