फिल्म ‘लाज शरणम्’मा ‘कक्रोच’को पनि अभिनय रहेने « Khabarhub

फिल्म ‘लाज शरणम्’मा ‘कक्रोच’को पनि अभिनय रहेने


७ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टेलिसिरियल ‘सक्किगोनो’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’मा हरिस निरौला ‘कक्रोच’को प्रवेश भएको छ ।

निर्माण पक्षले फिल्म घोषणाको एक महिनापछि कक्रोच अनुबन्ध भएको जानकारी दिएको हो । यद्यपि उनको भूमिकाबारे केही खुलाइएको छैन ।

साउन ४ गते आयोजना गरिएको सो कार्यक्रममा कार्य व्यस्तताका कारण क्रकोच उपस्थित थिएनन् । कार्यक्रममा सक्किगोनीका कलाकारहरु सागर लम्साल ‘बले’, अर्जुन घिमिरे ‘पाँडे’, र कमलमणी नेपाल ‘खुपीका बाउ’को फिल्ममा अभिनय रहने जानकारी दिइएको थियो ।

१२ वर्षपछि फिल्ममा मुकुन्दः कुनै बेला पोस्टरमा फोटो राख्दा फिल्म चल्थ्यो

टिम बाहिरबाट मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बूको अभिनय रहने र बाँकी कलाकार बिस्तारै सार्वजनिक गर्ने बताइएको थियो ।

सक्किगोनीका पूर्वकलाकार प्रियना आचार्य ‘मुन्नी’ले ‘लाज शरणम्’बाटै फिल्ममा डेब्यू गर्ने पक्का भएको छ । उनी र निर्माण पक्षबीच कागजी सम्झौता भइसकेको छ । फिल्ममा रामभजन कामत, बबिन राई ‘गल्फने बाजे’, अभिनेता महेश दवाडी र अभिनेत्री रेनु नाथ योगी अनुबन्ध भइ सकेका छन् ।

हाल कलाकार चयनसँगै फिल्मको प्री-प्रोडक्सनको काम भइरहेको छ । आगामी भदौ तेस्रो साताबाट छायांकनमा निस्कने योजनामा निर्देशक कुमार कट्टेल ‘जिग्री’ रहेका छन् ।

जेपीटी क्रियसनको ब्यानरमा निर्माण हुने फिल्ममा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह–निर्माताको रुपमा रहेका छन् ।

फिल्मको प्रदर्शन मिति फागुन १४ गते महाशिवरात्रीलाई तोकिएको छ ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ४ : १६ बजे

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका