प्रचण्ड भन्छन्- बंङ्गलादेशबाट फर्किएका विद्यार्थीलाई देशभित्रै इन्टर्न मिलाउँछु « Khabarhub

प्रचण्ड भन्छन्- बंङ्गलादेशबाट फर्किएका विद्यार्थीलाई देशभित्रै इन्टर्न मिलाउँछु


७ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरूलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण नेपाल फर्किएका विद्यार्थीहरुसँतको भेटमा उनले विशेष परिस्थितिका कारण एक पटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि आफूले सरकारसित छलफल गर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले विद्यार्थीहरुसँतको भेटकै क्रममा मेडिकल काउन्सिलका रजिस्ट्रार सतिशकुमार देवलाई फोन गरी यसबारे के भइरहेको छ भनेर जानकारी लिएका थिए ।

जवाफमा रजिस्ट्रार देवले शिक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालय बसेर विशेष परिस्थितिका कारण एक पटकका लागि इन्टर्न गर्न दिने निर्णय गरेकाले अब मन्त्रिपरिषद्बाट निर्णय भए व्यवस्था मिलाउन सकिने जानकारी दिए ।

अध्यक्ष प्रचण्डले आफूले एक पटक सरकारसित छलफल गर्ने र  विशेष परिस्थितिका कारण एकपटकलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउनुपर्ने बताए ।

भेटमा विद्यार्थीहरूले बङ्गलादेशको असहज अवस्थाका कारण इन्टर्न छाडेर आएको र विशेष परिस्थितिमा देशभित्र इन्टर्न गर्न पाउने कानुनी व्यवस्था रहेकाले त्यसका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  १ : ४४ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह