कुलपतिको विरोध गर्दै त्रिविमा विद्यार्थीको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

कुलपतिको विरोध गर्दै त्रिविमा विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार सरक्षित आतंक अविलम्ब बन्द गर्न माग गरेका छन् ।

देशका सबै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरूमाथि आक्रमण गर्ने व्यक्ति र समूलाई पक्राउ गरी कडा कार्वाही गर्न उनीहरूले माग गरेका छन् ।

उनीहरूले त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्रीले अनावश्यक हस्तक्षेप गरेको भन्दै विरोध गरेका छन् । कुलपतिको राजनीतिक हस्तक्षेपका कारण विश्वविद्यालय धरासायी भएको बताएका छन् ।

उनीहरूले त्रिविमा पछिल्लो समय भइरहेको नांगो हस्तक्षेप, गुण्डागर्दी र राज्यसंरक्षित आतंकविरुद्ध संयुक्त विरोध कार्यक्रम गरेका हुन् । विद्यार्थीहरू जम्मा भएर शुक्रबार दिउँसो त्रिवि उपकुलपति कार्यालयमा प्रदर्शन गरेका छन् ।

पछिल्लो केही सातायता त्रिवि मानविकी तथा समाज शास्त्र संकायको विभागीय प्रमुख नियुक्तिलाई लिएर तनाव बढेको छ । केही विद्यार्थीहरूले विभागीय प्रमुख नियुक्तिलाई लिएर त्रिविका पदाधिकारीलाई मार्नेसम्मको धम्की दिएको समाचारबीच प्रदर्शन भएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  २ : ०६ बजे

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय