नदीको २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चको फैसलाप्रति राष्ट्रिय मुक्ति क्रान्तिको आपत्ति « Khabarhub

नदीको २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चको फैसलाप्रति राष्ट्रिय मुक्ति क्रान्तिको आपत्ति


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मुक्ति क्रान्तिले सर्वोच्च अदालतबाट नदीको दायाँ–बायाँ २० मिटरसम्म कुनै पनि संरचना बनाउन नपाउने मापदण्ड कायमको फैसला भएपछि उपत्यकावासीको उठीबास हुने अवस्था सृजना भएको भन्दै आपत्ति जनाएको छ ।

अध्यक्ष राजेन्द्र महतोले शुक्रबार विज्ञप्ति जारी गरेर मुख्य र सहायक नदीहरूको दायाँ–बायाँ न्यूनतम २० मिटरसम्म कुनै संरचना बनाउन नपाउने मापदण्ड कायम हुने फैसलाले उपत्यकावासीको उठीबास हुने अवस्था सृजना भएको भन्दै आपत्ति जनाएका हुन् ।

‘सर्वोच्च अदालतले मुख्य र सहायक नदीहरूको हकमा दायाँ–बायाँ न्यूनतम अर्को थप २० मिटरसम्म कुनै संरचना बनाउन नपाउने मापदण्ड कायम हुने फैसला गरेपछि उपत्यकावासीहरूको उठीबास नै हुने अवस्था सृजना भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतले जग्गाधनीहरूसँग यथार्थ नबुझी मापदण्ड तोक्दा अति नै मार्का पर्न गएको छ । तसर्थ निजी जग्गावालाहरूको यथार्थ स्थिति बुझी न्याय गर्न पुनरावलोकन आवश्यक देखिएको छ ।’

उपत्यकाबासीहरुलाई आधुनिकीकरणको नाममा आफ्नो सभ्यता र संस्कृति जोगाउन नदिने प्रपञ्चविरुद्ध उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र खोला मापदण्ड सरोकार समूहद्वारा गरिने संघर्षमा राष्ट्रिय मुक्ति क्रान्तिको ऐक्यबद्धता रहने उनले उल्लेख गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  २ : ३२ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद, २० हजार जरिवाना

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको

एशियन भिलेज रिसोर्टका अध्यक्ष पक्राउ, विष्णु पौडेलसँग शंकास्पद कारोबार रहेको जिकिर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर आरोपमा

वर्षा भन्छिन् : दीपक-दीपाको जस्तो सम्बन्ध सधैँ अटल रहोस्

काठमाडौं– कलाकार दीपाश्री निरौला ब्रेन ट्युमरसँग लडिरहँदा उनका प्रिय सहकर्मी

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

खोटाङ– नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार