सबैले सबैको भाषालाई सम्मान गरौँ : राष्ट्रपति पौडेल  « Khabarhub

सबैले सबैको भाषालाई सम्मान गरौँ : राष्ट्रपति पौडेल 


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव हुने बताएका छन् ।

जयतु संस्कृतम् संस्थाद्वारा शुक्रबार शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले सबैले सबैको भाषालाई सम्मान गर्नुपर्ने बताएका हुन् ।

‘कुनै भाषाले कुनै भाषालाई निषेध गर्नुहुँदैन, सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव छ,’ राष्ट्रपति पौडेलले भने ।

संस्कृतको लोकप्रियता नेपाल र भारतमा मात्र नभएर विश्वमा नै बढ्दै गएको भन्दै उनले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठन–पाठन हुनुले यसको महत्वलाई दर्साइरहेको बताए ।

पौडेलले संस्कृत भाषा अमृत भाषा भन्दै संस्कृतभित्र रहेका अमर सन्देशहरूबाट अहिले पनि नेपाली आल्हादिन भइरहेका बताए । ‘संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञान विज्ञानको भण्डार हो, यो भाषा र वाङ्मयको विस्तार आवश्यक छ,’ राष्ट्रपति पौडेलले भने ।

शुक्ल यजुर्वेदलगायतका कैयौँ ग्रन्थ नेपालमै लेखिएको भन्ने अनुसन्धाताको विचार पाइने भन्दै उनले वेदव्यास, वाल्मीकि, विश्वामित्रजस्ता कयौं ऋषिहरूको तपोभूमि पनि नेपाल भएको स्मरण गरे ।

राष्ट्रपतिले २००४ सालमा बोल्न, लेख्न र संगठन गर्न नपाउने जनविरोधी एकतन्त्रीय राणाशासनको युगमा संस्कृत अध्ययन गर्ने छात्रहरूले काठमाडौंमा सशक्त आन्दोलन गरेर राणा सरकारलाई झुक्न बाध्य बनाएको प्रसंग उल्लेख गरे ।

‘जयतु संस्कृतम् आन्दोलनले नै स्वतन्त्रताको बिगुल फुकेको थियो र प्रजातन्त्रको बीजारोपण गरेको थियो, नेपालमाा प्रजातन्त्रको स्थापनामा जयतु संस्कृतम् आन्दोलनको ठूलो योगदान छ,’ उनले भने ।

संस्कृतमा वसुधैव कुटुम्बकम् भनेर विश्वन्धुत्वको भावना, लोकाः समस्ता सुखिनो भवन्तु भनेर विश्वमानव समुदायको कल्याणको कामना र सर्वे भवन्तु सुखिनः भनेर मानवमात्रको सुख र समृद्धिको संकल्प गरिएको पाइन्छ भन्दै उनले यी उदात्त भावना र विचारलाई हामीले मनन र प्रयोग गर्न सक्नुपर्छ भने ।

जयतु संस्कृतम् आन्दोलनको मूल प्रवाहमै रहेर अभियानस्वरुप थालिएको यस संस्थाले संस्कृतका ग्रन्थहरूको लेखन र प्रकाशन, विद्वत्सम्मान, संस्कृत गुरुकुल र विद्यालयको संरक्षण र विकासमा कार्य गर्नु खुसीको विषय भएको उनको भनाइ थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले प्राध्यापक नीलमणि ढुङ्गाना र आचार्य पूर्णचन्द्र ढुङगेललाई पुरस्कार प्रदान गरे ।

साथै राष्ट्रपति पौडेलले प्राडा ऋषिराम पोखरेल, प्राडा दीर्घराज घिमिरे, प्राडा रामचन्द्र गौतम, प्राध्यापक गोविन्द चौधरी र प्राध्यापक चेतोनाथ आचार्यलाई अभिनन्दन गरे ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  २ : ३८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्