रुससँगको युद्धबीच युक्रेनी राजधानी किएभमा मोदी, जेलेन्स्कीसँग गरे कसिलो अंकमाल « Khabarhub

रुससँगको युद्धबीच युक्रेनी राजधानी किएभमा मोदी, जेलेन्स्कीसँग गरे कसिलो अंकमाल


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

किएभ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुससँग साढे दुई वर्षदेखि युद्धरत युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् ।

पोल्यान्ड हुँदै शुक्रबार युक्रेनको राजधानी किएभ पुगेका मोदीलाई अनौपचारिक पोशाकमा देखिएका जेलेन्स्कीले विशेष स्वागत गरे ।

रुस र युक्रेनबीचको युद्धका कारण सुरक्षालाई मध्यनजर गर्दै मोदी रेलमार्फत् पोल्यान्ड हुँदै किएभ पुगेका हुन् ।

जेलेन्स्कीसँग भेट्नुअघि मोदीले पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँगको कुराकानीमा भारत शान्ति र स्थिरताका लागि हरसम्भव प्रयासका लागि तयार रहेको बताएका थिए ।

रूसले युक्रेनमा आक्रमण सुरू गरेको साढे दुई वर्षपछि भारतीय प्रधानमन्त्री किएभ पुगेका हुन्। युक्रेनले रूसी भूमिमा ठूलो प्रतिआक्रमण गरेको केही दिनपछि मोदीले आफूलाई सम्भावित शान्ति दूतका रूपमा प्रस्तुत गर्न किएभमा पाइला टेकेका हुन् ।

मोदीले आफ्नो भ्रमणअघि भनेका थिए, ‘युद्धभूमिमा कुनै पनि समस्याको समाधान हुन सक्दैन जतिसक्दो चाँडो शान्ति र स्थिरताको पुनस्र्थापनाका लागि भारत वार्ता र कूटनीतिक पहलको पक्षमा छ ।’

उनी युक्रेनको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री पनि बनेका छन् । रूसको पश्चिमी कुस्र्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणपछि मस्को र किएभबीच कूटनीतिक चिसोपन पहिले भन्दा बढेको छ ।

मोदीले जेलेन्स्कीसँग जारी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका उपाय आदानप्रदान गर्नुका साथै भारत र युक्रेनबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्ने भएका छन् ।

भारतीय कूटनीति

भारत र रूसबीच ऐतिहासिक रूपमा न्यानो सम्बन्ध भए पनि भारतले आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वी चीनविरुद्ध पश्चिमी राष्ट्रहरूसँग घनिष्ठ सुरक्षा साझेदारीलाई पनि बलियो बनाएको छ ।

नयाँदिल्लीले सन् २०२२ मा रूसले गरेको आक्रमणको स्पष्ट निन्दा गरेको छैन । क्रेमलिनको आलोचना गर्ने संयुक्त राष्ट्रसङ्घको प्रस्तावमा अनुपस्थित भएको थियो । तर, भारतले दुवै पक्षलाई प्रत्यक्ष वार्ताको माध्यमबाट आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेको छ ।

तर शान्ति सम्झौता पहिलेको भन्दा अहिले धेरै टाढा देखिन्छ । युक्रेनले सन् २०२२ मा पुटिनसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको थियो। मस्कोले हालै रूसको पश्चिमी कुस्र्क क्षेत्रमा आश्चर्यजनक रूपमा जवाफी आक्रमणका बीच किएभसँग वार्ता नगर्ने बताएको थियो ।

रूसी नेता भ्लादिमिर पुटिनले यस वर्षको सुरुमा वार्ताको पूर्वशर्तका रूपमा किएभलाई मस्कोले कब्जा गरेको दाबी गरिएका युक्रेनका चार क्षेत्रहरूबाट आफ्ना सैनिकहरू फिर्ता बोलाउन माग गरेका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ३ : ०५ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा